कञ्चनपुर । कञ्चनपुरकी पत्रकार ऐश्वर्या कुँवरले आफ्ना छोराको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाना खुवाएकी छिन । पत्रकार कुँवरले छोरा प्रदिपको जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई खाना खुवाएकी हुन । 

मंगलबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्यण बाल अनाथालयमा बस्दै आएका बेसाहरा बालबालिकालाई खाना खुवाएकी छिन । खाना खुवाउनुका साथै खाना पकाउने एक थान प्रेसर कुकर, फलफुल वितरण गरेकी छिन ।

पत्रकार कुँवरले छोराको खुसी र समाजिक सेवाका लागि अनाथालयमै केक काटेर जन्मदिन मनाएकी छिन । उनले जन्मदिनका फजुल खर्च गर्नु भन्दा समाजिक काम गरेको बताईन । पत्रकार कुँवरले छोरा प्रदिपको जन्म दिन अनाथालयमा मनाएर समाजिक काम गरेको भन्दै उनको अनाथालयमा प्रसंसा गरिएको छ ।

 

प्रतिक्रिया दिनुस