किशोर कुमार तमाङ 

पुनर्वास–कञ्चनपुर जिल्लाको पुनर्वासमा भारतीय बजार बाट ल्याउदै गरेको डिउ नियन्त्रमा लिन खोज्दा शसस्त्र प्रहरीलाई महिला माथि दुरब्यबाहार भएको आरोप लागेको थियो। उक्त स्थानिय र शसस्त्र प्रहरी बिच चुलिएको बिबाद टुंगो लागेको छ।

 

भारतबाट घरायसी सामान ल्याउदै गरेका माहिलाहरू माथी धरपकड गर्दा शसस्त्र प्रहरी र नेपाली महिलाहरू बीच हातपात भएको थियो ।तर महिलाहरुले आफूमाथि प्रहरीले दुर्ब्यबाहार गरेको आरोप लगाउँदै आएका छन्।

 

सोमबार दिउँसो १ बजेतिर पुनर्वास बिओपीका सशस्त्र प्रहरी निरिक्षक प्रेम बहादुर चन्दको कमाण्डमा खटिएको सशस्त्र टोलीसँग बाटोमै जम्काभेट भएपछि भारतीय डिउ ३ पेटी र १ बोरा गुड नियन्त्रणमा लिँदा तनाव सुरु भएको थियो ।

 

भारतबाट घरायसी प्रयोजनका लागि ल्याएको सामान प्रहरीले तानातान गर्दा आफु माथी हातपात र मोबाईल फुटाईएको पुनर्वास–७ कि ऋतु तामाङको आरोप छ । उनले आफुमाथी के नियतले हातपात गरेको हो भन्ने प्रश्न बिओपीमा बारम्बार गर्दै आईरहेकी थिईन । तर आफुबाट त्यस्तो गतिविधि नभएको सामान नियन्त्रण लिईसकेपछि तानातान हुँदा टच भएको हुनसक्छ । मोबाईल हामीले फुटाएका हैनौं ,दुईपटक भ्यानमा हानेपछि महिला प्रहरी मार्फत उनलाई नियन्त्रणमा लिन खोजेका थियौ । पुनर्वास बिओपीका सशस्त्र प्रहरी निरिक्षक चन्दको भनाई छ ।

 

सामान नियन्त्रणपछि स्थानीयले बिओपीको गेटमै चर्को नाराबाजीसँगै घेराउ गरेका थिए । स्थिति तनावग्रस्त बनेपछि नगर उपप्रमुख भुलिया कुमारी रानाको संयोजकत्वमा घटनाबारे छलफलका लागि सर्वपक्षीय बैठक बसेको थियो।

छलफलकै क्रममा बिओपीमा तनाव सृजना हुँदा केहि कुर्सी समेत तोडफोड भएकाे थियो । घटनाको विषयमा अबेर राती सम्म छलफल हुन नसकेपछि आज पुनः छलफल गरिएको छ । घटनापछि शैलेश्वरी गणका एस पी खगेन्द्र चन्द र डिएसपी प्रेम सिंह धामी सहितको टोली बिवाद सुल्झाउन पुनर्वास पुगेको थियो ।

 

तनावग्रस्त स्थितिलाई सम्य बनाउन वार्ता टोलीमा पिडित महिलाको तर्फबाट समाजसेवी दाउत तामाङ, बिर बहादुर रिनब, शान्ति तामाङ , प्रकास तामाङ,सुम बहादुर तामाङ,रवीन्द्र तामाङ,र खगेन्द्र ओझा सहितको टोली सहभागी भएको थियो।शसस्त्र प्रहरी बल र स्थानीय महिलाहरु बिच उत्पन्न बिवाद प्रहरी निरीक्षक प्रेम चन्द ले महिला संग क्षमा याचना गरी तोडफोड भएको मोवाइल किनि दिने र स्थानीय महिलाहरू पनि अब उप्रान्त धर्ना नबस्ने सहमतिमा बिवाद टुङ्गिएको छ। उक्त मोवाइल दाउत तामाङ को रहोवरमा खरिद गर्ने जिम्मा लिएपछि बिवाद सुल्झिएको थियो।

 

महिलाले प्रहरीले मोबाइल नियन्त्रणमा लिई घाँटीमा समातेर गाडीमा हाल्न खोजेको आरोप लगाउँदै बिओपी पुनर्वास घेराउ गरिए पछि स्थिति तनावग्रस्त बनेको थियो।

प्रतिक्रिया दिनुस