बेलडाँडी । बेलडाँडीका एक भैंसी पालक कृषकबाट १२ लाखको चेक जबरजस्ती बेलडाँडी गाउँपालिका उपाध्यक्षले लिएको प्रमाण जुट्दा समेत बेलडाँडी गाउँपालिकाको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले तै चुप मै चुपमा अडकिएको छ ।

 

गत असाढ १६ गते देखि प्रमुख प्रतिपक्ष दल एमालेको नेतृत्वमा ५ राजनितिक दल उपाध्यक्ष शान्ति नाथले गरेका कर्मकाण्डका विरुद्ध आन्दोलित भएका थिए । एमाले नेतृत्वमै आन्दोलन प्रमाण खोज्ने र असाढ मसान्तलाई मध्यनजर गर्दै चर्किएको आन्दोलन स्थगित गरिएको थियो । उपाध्यक्ष नाथले भीमदत्त नगरपालिका बस्ने एक महिलाका नाममा आफैले चेक काटेर ती महिलालाई बैंक गई चेक साट्न पठाएको महिलाले भैसी पालक किसान हरकिसन रानालाई बताएकी छिन् । उनले फोनमै हरकिसन रानालाई सरी दाई म बाट गल्ती भयो मैले आफु खुसी चेक साट्न गएको होइन बेलडाँडी उपाध्यक्ष शान्ति नाथले यो चेक साटीदिनु भरेर भनेको हुनाले म चेक लिएर बैंक गएको बताइन । उनले भनिन् मलाई यो चेक कसको हो भन्ने समेत थाहाँ थिएन त्यो चेक भएको खातामा पैसा रहेनछ । मैले खातामा पैसा छैन् भनेर भने पैसा नभए हामीलाई त्यो मान्छेले फसायो त्यसो भए चेक बाउन्स गर भन्नु भयो मैले चेक बाउन्स गर्दिन मैले यो रानालाई चिनेको छैन ती महिलाले उपाध्यक्ष नाथलाई भनिन । म कुनै हातलमा अर्काको चेक बाउन्स गर्दिन भने तर उपाध्यक्ष नाथले दवाव दिनु भयो र चेक बाउन्स गर्न लगायो ती महिलाले भनिन् । पछि मिडियामा मैले सुने त्यता चेक काण्डको हाल्ला थियो मैले भने यो झमेलामा आफु पर्न चाहदिन भने तर मलाई खुब दवाव दिए मैले अन्ततः मानिन र मैले बाउन्स गरेको चेक नगरिदिन बैंकमा अर्को निवेदन पेस गरेको हरकिसनलाई ती महिलाले बताईन ।

 

यता हरकिसनले आफुलाई उपाध्यक्ष नाथले ४० लाख अनुदान मैले हालिदिएको हुँ हाकिमका लागि १२ लाखको चेक र मलाई बहिनी सम्झेर ४ लाख नगद दिनु होला भनेर हस्ताक्षर गरेको चेकमात्र बैशाखमा लिइसेको राना बताउदै आएका थिए । यता नाथले आफ्न्तीबाट हरकिसन रानालाई १२,१३ लाख ऋण दिलाइदिएको जिकिर गरेका थिए । उनले भनेका थिए त्यो चेक बाउन्स भइसकेको छ कसको हो के हो भन्ने कुरा थाहाँ पाउनु हुन्छ भनेका थिए ।

 

सबैका कुरा सन्दा चेक कसले लिन खोजेका थिए भन्ने कुरा स्पष्ट भइसकेको छ । प्रमाण खोज्न एमाले सहित अल्झेका दल के कति कारणले बोल्दैनन त्यो बेलडाँडीका जनताले सवाल गरिरहेका छन् । स्थगित आन्दोलन समापन गरिएको हो या बेथितिका बिषयमा बोल्छ त्यो हेर्नबाकी छ । तर एमालेले यस विषयमा पाटीमा छलफल भइरहेको जनाएका छन् । हामीले पालिका अध्यक्ष ज्यूलाई समय मागेका छौं अध्यक्ष ज्यू व्यस्त हुनाले अलि ढिला हुन गएको हो एमाले बेलडाँडीका अध्यक्ष प्रेम खातीले बताउनु भयो ।

 

बेलडाँडी एमालेलाई यति बेला स्थानीयवासीले शंका गर्न थालेका छन् । आन्दोलनमा उत्रिएको पार्टी कसका दवाबले १ महिना भन्दा बढी स्थगित भएको समय वित्दा समेत तै चुप मै चुममा अडकिनुमा स्थानीयले संका गर्न थालेका छन् । उता नेपाली काँग्रेसले उपाध्यक्ष शान्ति नाथले गरेका कर्मकाण्डका विषयमा छानवीन समिति बनाएको समेत २ महिना पुग्न लाग्दा समेत अहिले सम्म प्रतिवेदन सार्वजकि नगरिनुमा दालमें कछ कालाहै भन्दै स्थानीय मुखामुख गर्न थालेका छन् ।

 

स्थानीयका अनुसार मिडियामा आएको समाचार गलत भए मिडियालाई कार्वाही गर्नु पर्यो हैन भने मनपरी कसैलाई गर्न दिनु भएन भन्दै आएका छन् । शुरुमा के का लागि आन्दोलन गरियो ? किन स्थगित भयो ? प्रमाण खोज्ने भनेको कस्तो प्रमाण हो ? यदि मिडियामा आएको समाचार गतल भए मिडिया विरुद्ध किन बोल्दैनन दल ?

प्रतिक्रिया दिनुस