कञ्चनपुर । नेपाल निर्माण उद्योग परिषद कञ्चनपुरको अध्यक्षमा ज्ञानेन्द्र फुयाल चयन भएका छन । शुक्रबार महेन्द्रनगरमा सम्पन्न भएको नेपाल निर्माण उद्योग परिषद कञ्चनपुरको भेलाले अध्यक्षमा फुयाललाई चयन गरेको हो ।

उपाध्यक्ष मनिराज रेग्मी, सचिव गणेश सुवेदी, कोषाध्यक्ष सन्तोष खत्री, सदस्यहरु मदन खत्री, अन्तराम जोशी, खगेन्द्र बस्नेत, पवन कडेल बैद्य तामाङ्ग रहेका छन । नेपाल निर्माण उद्योग परिषद कञ्चनपुरको अध्यक्ष ज्ञानेन्द्र फुयालले निर्माण व्यवसायीहरुको हक अधिकारका लागि पैरवी गर्ने प्रतिबद्धता जाहेर गरेका छन । कञ्चनपुरका युवा स्वच्छ छवि भएका फुयालले निर्माण व्यवसायीहरुलाई परेको पिरमर्का सम्बोधन गर्दै निर्माण क्षेत्र थप प्रतिस्पर्धात्मक बनाएर स्तरिय बनाउने प्रण गरेका छन ।

 

प्रतिक्रिया दिनुस