कञ्चनपुर । नेपाल कम्युनिष्ट पाटी(बहुमत) निकट अखिल क्रान्तिकारीले कञ्चनपुर भीमदत्त नगरपालिका स्थित होलीफेमली स्कुलका १४ विद्यार्थीको भविष्य बर्बाद पार्ने प्रकरण छानबिन माग अघि सारेको छ । अखिल क्रान्तिकारीले कक्षा १२मा अध्ययनरत १४ जना विद्यार्थीको राष्ट्रिय परीक्षर््ाा बोर्डले तीन विषयमा हुबहु उत्तर लेखिएको भन्दै परीक्षा रद्द गरेको उक्त प्रकरण छानबिन माग अघि सारेको हो । अखिल क्रान्तिकारी सुप प्रदेशका इन्चार्ज सुरेन्द्र धानुकले हस्ताक्षर गरेको विज्ञप्तीमा शिक्षालाई निजिकरणको परिमाण भएको जनाउँदै विद्यार्थीको भविष्य बर्बाद पार्ने काम कसैबाट नहुनुपर्ने बताउँदै घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सारेका हो । विद्यार्थीको विषयमा खेलवार्ड भए त्यस बिरुद्धमा क्रान्तिकारीले शसक्त आन्दोलनको चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुस