कञ्चनपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षामा सहभागि भएका कञ्चनपुर भीमदत्त नगरको होली फेमली ईङलिस मेडियम स्कुलका १४ विद्यार्थीको परीक्षा रद्द गरेपछि अभिभावक चिन्तित भएका छन । अभिभावकहरुले राष्ट्रिय परीक्षा बोर्डले प्रकासित गरेको कक्षा १२ को परीक्षाफलमा एक्ससी देखाएर परीक्षा रद्द गरेपछि अभिभावक चिन्तित भएका हुन ।

उनीहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै बोर्डको निर्णयमा आफुहरुको कुनै आपत्ति नभएको र समाजिक सञ्जालदेखि विभिन्न मिडियामा आईरहेका विषयमा आपत्ति प्रकट गरेका छन । अभिभावकहरुले ‘हाम्रा सन्तानको भविष्यमाथि कसैले खेलवार्ड गर्न पाईदैन, भन्दै विद्यार्थीको नैसर्सिक अधिकार पालना गरिदिन अनुरोध गरेका छन ।’ अभिभावकहरुले राष्ट्रिय परीक्षा बोर्डको निर्णय आफुहरुलाई मान्य हुने बताउँदै आएका छन ।

१४ विद्यार्थीको भविष्यलाई मध्य नजर गरी विद्यालयले गरीरहेको प्रयासलाई आफुहरुले साथ दिएको जनाएका छन । विद्यालयका १४ अभिभावक भानदेव भट्ट, पुरुषोत्तम भट्ट, रुपक सिह धामी, जानकी बम, माया गिरी, मानमती कार्की, मीना राना, द्रोपती भट्ट, लोख सिह नायक , देवकी नाथ, आशिष भट्ट, सुनिल ओड, वविता कार्की सिता प्वाली, जगदिश नाथ, करिष्मा भट्ट, गणेश प्वाली,सुनिल राम ओली, कलावती विष्ट, खेम नाथ सहितले संयुक्त प्रेस नोट जारी गरेरझुटा समाचार सम्प्रेषण गर्दा विद्यार्थी अभिाभवकमा हुनसक्ने शारिरिक एव मानसिक दुर्घटनाको जिम्मा लिन समेत माग अघि सारेका छन ।

राष्ट्रिय परीक्षा बोर्डले संचालन गरेको कक्षा १२ को परीक्षामा सहभागि भएका होली फेमली ईङलिस मेडियम स्कुलका १४ विद्यार्थीको अंग्रेजी, अर्थशास्त्र र लेखा तीन विषयमा हुबहु उत्तर आएको भन्दै परीक्षा रद्द गरेको विषयमा अभिभावक र विद्यार्थीले यस्तो कसरी सम्भव भएको भन्दै प्रशन गरिरहेका छन ।

एक विद्यार्थी जगदिश नाथले आफुहरुले गड्डाचौकीको सिद्धनाथ माविमा परीक्षा दिएको र अहिले बजारमा आएको होहल्लाले हामीलाई आश्चिकत पारेको बताए । ‘हामीले सबै परीक्षा दियौँ, बोर्डले यस्तो निर्णय गरिदियो, ‘उनले भने, ‘हामी आफै अच्चममा छौँ, यो कसरी भयो ।’

विद्यालयले भने, राष्ट्रिय परीक्षा बोर्डले एक्ससी देखाएको भन्दै बोर्डसंग थप बुझिरहेको जनाएका छन । विद्यार्थी संघ संगठन तिन नेता कार्यकर्ताहरुले समेत विद्यार्थीको भविष्यमा खेलवार्ड गर्न नहुने धारणा राखिरहेका छन ।

प्रतिक्रिया दिनुस