विकास महता
मानव जिवनमा जहिले जुन अवस्थामा पनि एक पछि अर्को रुपमा कहि कसैको साथ र आवश्यकता निकै महत्वपूर्ण हुन्छ, तर जनताको पीडामा भने मलमपट्टी लाउन नत सक्यो राज्यले नत सक्यो तीन तहका सरकारले जहाँ दुई दशक देखि खुला आकाशमुनि जंगलमाबास बस्न बाध्य भएका आरक्षपीडित जनताका पीडा भने जस्ताको त्यस्तै छन । सुन्दर सुदूरपश्चिमको कञ्चनपुर जिल्लामा रहेका आरक्षपीडीत जनताको जिवनमा आधारित एक पछि अर्को र्ददनाक व्यथाभित्र लुकेको कथा रहेको छ। जुन जनताका आशा आकांक्षा निकै निराशामा परिणत हुनुपुगेका छन । जहाँ नत गास, नत बासमा आधारित रहेका छन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एक तर्फि जनावर त अर्को तर्फ मानिसको खु्ला आकाश मुनिको बास एक आपसमा निरहित पारस्परिक रहेको छ । जसमा जनताको नत लगाएको अन्नबाली खेतीपाती जोगाउन सकेका छन । नतजीवन नै जुन मानव र जिवजन्तु बिच बिचल्लीसंगै द्वन्द्व नै मच्चिएको छ । जहाँ जीवन जिउन मानिसले बालीनाली खेतीपाती लगाउन थाल्छन् भने जिबजन्तुले त्यही जीवनजिउन मानिसले लगाएको अन्नबाली उपभोग गर्दै आएका छन । जसले निरन्तर रुपमा जिवनको एकोहोरो आधार नै के हो ? भन्ने प्रश्न तेर्सिने गर्छ । जसको उत्तर संगै समाधान भनेको र कहिले हुने भन्ने एकिन नै छैन ।
जुन समस्याको सामना झेल्दै छन, ढक्का चानदेव शिविरमा बसोबास गरिहेका छन । तत्तकालिन शाही शुक्लाफाँटा आरक्ष बाट ०५८ साल माघको महिनामा सरकारले सेनाको बन्दुक र हातिको बलमा बिस्तापित गराएका जनता अहिलेसम्म जंगलमै नरकीय जिवन विताउन विवश भएका छन ।आफैले विस्थापित गरेको सरकारले अहिलेसम्म भने ति बन्दुक र हात्तीको बलमा विचल्ली पारेका जनतालाई चिन्नै नसक्ने अवस्थामा पुगेको छ । जता २३ वर्ष बितिसक्दा समेत पनि समस्या समाधान भने हुन नसकेको शिविरमा बस्दै आएकी आरक्षपिडित महिला चन्दा देवि महत बताउँछिन ।
विस्थापित भएदेखि जनावरकै जस्ता हामी मानिसको पनि जंगलमै बास भएको छ । ०४४ सालमा श्रीमान गुमाएकी चन्द्रदेवी १४ वर्षपछि खेतीपाती लगाउने र बास स्थान रहेको जमिन नै गुमाईन । उनको लाउलाउ खाउखाउ भन्ने उमेर जमिन पाउने आशै आसमा ढक्का शिबिरमै वितेको छ । उनी मात्रै नभई उनका नालाबाला परिवारको समेत विचल्ली भएको छ । ‘श्रीमानले कमाएको जमिन फिर्ता आउने आशमा शिविर कुर्दाकुर्दै अकालमै ०७६ सालमा छोरा समेत गुमाउन पुगेकी छु, ‘उनले गहभरी आँशु पोख्दै भनिन, ‘जमिन गुमाउदाको पीडा छोरा गुमाउदा निकै आफुलाई अभागी रहेछु भनेर सोच्छु ।’
चन्द्रादेवीको जस्तै त्यही ढक्का शिबिरमा बस्दै आएका भगत बहादुर शाहीका पीडा पनि उस्तै छन । ‘०५८ सालमा खोसिएको जमिन फिर्ता पाउने आशले म पनि २३ बर्षदेखि खुला आकास विच जंगलमै बसेको छु, ‘शाहीले भने, ‘जिन्दगी सबै जग्गा पाउने आशमा शुक्लाफाँटा आरक्षको जमिनमा त्यही झुपडिमा निरन्तर सपनामा मै रह्यो ।’ निरन्तर मेरा हरेक रहर सपनाहरु एकपछि अर्को सोच्दै बित्दै गएको दुखेसो पोखे । ‘म ४७ वर्षको हुँदा बिस्तापित भयौँ, अहिले मेरोउमेर ७० वर्षको पुगेको केहीपत्तै भएन, अहिले वृद्ध भत्ता समेत खाने भएछु ।
जहाँ मेरा सबै जिन्दगीका सपना त्यही जग्गा पाउने आशमा बित्यो।, उनले भने, ‘जुनगुमाएको आफ्नो जमिन समेत सरकारले फिर्ता नदिएर अन्याय गरिदियो, अहिलेसम्म न्याय दिन सकेन ।’ ‘निरन्तर बुनेका मेरा हरेक चाहना यही आरक्षको एक कुनामा खुला आकाश जो पर्खा याममा तप्पतप्प ढड्डिले छुएको त्यो रंगमञ्च आकाशबाट पानीका थोपा झर्ने गर्छन, जब म कताकता हराउन थाल्छुँ, ‘अर्का आरक्षपीडित मदन सिंह बोहरा भन्छन, ‘मेरो खाने र रमाउने आधाजीवन त त्यो खाली आकाश मुनि गयो, २९ वर्षको त्यो उबो हुँदो जोवन आरक्षका त्यही झुग्गिमा बित्यो, जो अहिले म ४७ वर्षको भए ।
बेरोजगारी जीवनकालमा निरन्तर यो दुखी जिबन बित्यो, जहाँ जति जोगि आएपनी कानै चिरेका भन्दा थिया, हो रहेछ, यो मेरो देशमा जति सरकार फेरिए पनि हाम्रा जीवनमा केही फेरबदल भएन, हाम्रो जिवन उस्तैछ ।’ अर्का आरक्षपिडित हरि भाट अहिले ७१ वर्षका भए । उनी शुक्लाफाँटा आरक्ष अन्तर्गत रहेको रौतेलीविचुवा गा.वि.स ३ मा बसोबास थियो । वन्यजन्तु सरक्षणका लागि आरक्ष विस्तार योजना सरकारले ल्याएपछि आरक्षका उक्त तत्तकालिन गाविसका गाँउबस्तीहरु बसोबास गर्दै आएका सबैलाई अन्तै जमिन दिने बहानामा ०५८ सालमा संकटलकालको मौका छोपी बन्दुकको नाल देखाएर दुखदिदै विस्थापित बनायो ।
त्यतिबेला एउटा त्रासले रहेको जमिन समेत सरकारले खोसिदियो । ४८ वर्षको उमेर छदा अपुरा रहेका जिन्दगीका मेरा सपना एउटा सेतो कागजको पानामा कालो अक्षर रुपि सजिए तर जिन्दगीभने जस्ताको त्यस्तै बित्यो । ‘राज्यले चिनेन् तर जंगलका जंगली जनावरले चिन्यो । किन कि एउटा जीवन कालमा दुःख माथीदःख रहेका छन, उनले भने, ‘जहाँ जंगली जनावरको माया लाग्छ तर त्यो निरगुनी सरकारको लाग्दैन’ तत्तकालिन लक्ष्मीपुर गाविस बुटाबारीबाट विस्थावित भएकी जुनकला हमालका पनि पीडा कम छैनन ।
अरु आरक्षपीडितका जस्तै नाम जुनकला भएपनि उनको पनि हरिबिजोग भएको छ । ‘मैले छोराबाट नाति नातिना र पनाती र पनातिनि समेत पाए, तर मैले गुमाएको ४÷५ विघा कमाइखाने भुमिभने अहिले सम्मफिर्ता पाएन, अहिले म ६९ वर्षकी भएकी छुु, ‘तर समस्या ज्यूँका त्यूँ छन,हाम्रा दिन यस्तै विते भावि सन्तानको भविष्यको चिन्ता छ ।’जिबन निरन्तर एउटा बगिरहेको खोला जस्तै हुदो रहेछ मैले विवाह भर्खर गरेको थिए । मेरो कमाई खाने टालो सरकारले खोसिदियो ।
त्यति बेलाको मेरो उमेर २७ वर्ष थियो । अहिले उबो हुदो जिन्दगीले नेठो काट्ने बेलाभयो । तर बनजंगलको कोखमा जंगली जनावरको सामना गर्दै जीवन एउटा खुला आशाको दियोमा कष्टकर बिताउनु परेको अर्की पीडित रतन सार्कीको रोदन छ । उनीले बिबाहगरि छोराछोरी बाट नाति नातिना समेत पाएका छन । अहिले ५० वर्षको त्यो उमेर निकुञ्जको किनारमा सपनामा जग्गा पाउने आशामा बिताउदै आएको अनुभव पोखे । त्यही आरक्ष शिबिरमै एक कोपिला पार्वती एसकेको जन्म भयो । अहिले पार्वती १७ बर्षकी भएकी छिन । उनी नजिकै गाँउमा अध्ययन गर्दै आएकी छिन । ‘शिक्षाको ज्योति बाल्ने मेरो सपना थियो । तर जंगली जीवन सरह बिताउनु परेको छ ।
किन कि मेरो जिन्दगीका हरेक सपना त्यही जनावरको सामना गर्दै बितेका छन । उमेरले १७ वर्षकि भए मेरो जन्म एक खुला आकाश मुनिभयो। जसले गर्दा म आफैलाई अभागी ठान्छु, ‘उनले भनिन, ‘जहाँ संगका साथी ठुला ठुला र राम्रा चिटिकै परेका घरमा बस्छन् तर म भने एउटा जंगली जनावरको सरह त्यही जंगल किनारमा जिवन बिताउदै आएकी छु, ‘बिहान उठ्दा एउटा मनमा डर हुन्छ, जहाँ स्कुल जाँदा समेत बाटोमा के हुन्छ भन्ने मनमा कुरा खेलाउन थाल्छन, तर स्कुल पढेर आउँदा स्कुलमा सर मेडमले कक्षा कोठामा दिएको गृहकार्य बनाउन समेत सकस हुन्छ ।’ जहाँजिन्दगी त अध्यारो संगै खुला आकाश मुनि बितेको थियो। त्यो संगै मेरा किताबका सेता पानामा लेखिएका काला अक्षरले समेत अध्यारो जीवनकाल संगै अन्धकारमा बिताउनु पर्दा मलाई कता कता मनमा पिरलो हुने उनको दुखेसो छ ।
किन कि दिएको स्कुलको गृहकार्य समेत अध्यारोमा लेख्न समेत हुन्थेन। अर्को दिन कक्षा कोठामा सर म्यामको त्यो मीठो बोलिमा रुखो बचनले पढ्न समेत छोड्ने मन लाग्थ्यो । यता उता जाउ जस्तै लाग्छ तर मेरो उज्वल भविष्य एक अध्यारो रातमा बिताउनु परेको हुँदा, अहिले म ८ मा लालझाडी गाउँपालिका वडा न.६ रामेश्वर माध्यमिक विद्यालयमा पढ्दैछु ।’ आरक्षपिडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरासिंह भण्डारिले ०५८ सालमा जिल्लाका विभिन्न गाविसबाट हजारौँ बस्ती विस्थापित गराएको बताए ।
६ वटा वडा रौतेलीबिचुवा गाविस पिपलाडी गाविस का वडा न.१ तारापुर र वडा न.२ भतपुरी, देखेतभुलिका २ वटा वडा ढक्का १ र हतिया ५ र बेलडाँडी गा.वि.स का २ वटा वडा ७ र ९ विस्थापित गराएको बताए । विस्थापित गरेपछि पुर्नस्थापनाका लागि राज्यले कुनै चासो नदेखाएपछि ०६४ माघ ८ गते फेरी विस्थापित गरेकै स्था ढक्का चाँन्देब सहितका १४ शिबिरमा बसेको बताए । सरकार विभिन्न पार्टीको नेतृत्वमा सरकार बनेर मन्त्री देखि प्रधानमन्त्री परिवर्तन भए तर आफ्ना समस्यामा चासो दिईएन ।
‘हामीलाई राज्यले भने देशका जनता हुन भनेर समेत चिन्नै सकेको छैन, जहाँ जंगली जनावरले हामीलाई चिनी सक्यो। यो संगै मानव र बन्यजन्तु बिचको एक आपसमा द्वन्द्व चलेकै छ। जहाँ बालि नाली बन्यजन्तुकै लागि ठिक्क हुन्छ, । पुर्नस्थापनाको पर्खामा रहेका झण्डै अढाई सय नागरिकले ज्यान गुमाईसकेका छन । ‘हरेक चुनावमा राजनीतिक दल, तिनका नेता कार्यकर्ताहरुले समस्या समाधान गछौँ भन्दै भोट माग्न आउँछन, तर चुनाव जितेपछि कसैले पनि चासो नराख्दा हाम्रो समस्या झन गिजोलिएको छ ।’
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले आरक्षपीडितको सरकारले समस्या समाधान गर्नुपर्ने जनाएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयका निमित्त कार्यालय प्रमुख प्रमोद कुमार यादवले बन्यजन्तु र पर्यावकरणका लागि ०५८ सालमा विस्तार भएको निकुञ्जको क्षेत्रफल अहिले खुम्चिदै गएको छ । ‘आरक्षपीडितको पुर्नस्थापना भए मानव बन्यजन्तुविचकोद्वन्द्व समेत न्यूनिकरण हुन्छ, ‘उनले भने, ‘नत्र आगामी दिन थप घटना दोहोरिरहन्छन ।’कञ्चनपुरका आरक्षपीडित विस्थापित भएको २३ बर्षमा देशमा १२ सरकार परिर्वतन भए आरक्षपीडितको समस्या समाधानका लागि भन्दै सरकारले ३१औँ आयोग बनाउँदा समेत समस्या जस्ताको तेस्तै छ ।
०५८ सालमा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा प्रधानमन्त्री भएका थिए । देउवा प्रधानमन्त्री भएका बेला तत्तकालिन शुक्लाफाँटा आरक्ष(हाल निकुञ्ज) विस्तारका क्रममा विस्थापित गराएका पीडितको अझैसम्म पनि पुर्नस्थापना भएको छैन । सरकारले निकुञ्जको ३सय ५ बर्गकिलोमिटर क्षेत्रफल विस्तार ग¥यो, पीडितको पुर्नस्थापना गरिदिएन । देउवा त्यसपछि दोस्रो पटक ०७८ सालमा प्रधानमन्त्री भए तर समस्या भने समाधान भएन ।
०६५ सालमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) प्रधानमन्त्री भए, प्रचण्ड पहिलो पटक ०६५ त्यसपछि दोस्रो पटक र तेस्रो पटक भए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलो पटक ०७२, दोस्रो पटक ०७४ र अहिले तेस्रो पटक ०८१मा बहालबाला प्रधानमन्त्री भएका छन । ०६६ सालमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, ०६७ सालमा तत्तकालिन एमाले अध्यक्ष झलनाथ खनाल, ०६८ सालमा तत्तकालिन माओवादी नेता डा. बाबुराम भट्टराई, ०६९ सालमा तत्तकालिन प्रधान न्यायाधिश खिलराज रेग्मी,०७० सालमा तत्तकालिन काँग्रेस सभापति शुशिल कोईराला प्रधानमन्त्री हुँदा समेत पीडितका समस्या उस्तै छन । यसविचमा ३१औँ आयोग बनिसक्दा पनि राज्यको लाखौ खर्च भईसक्यो तर समस्या समाधान नहुँदा पीडित राज्यप्रति विश्वास गर्न छाडेका छन ।
अहिले देशका तीन सरकार छन, तर आरक्षपीडितका समस्यामा कसैको न चासो न चिन्ता छ । यसविचमा तीनै तहका सरकार समक्ष पीडितले हजारौँ पटक पालिकादेखि केन्द्रसम्म डेलिगेशन, आन्दोलन गरेपनि उनीहरुको पीडा सरकारमा बस्नेहरुले सुन नसुनेजस्तो गर्दै आएपछि उनीहरु बन्यजन्तुसंग जुधेरै बाध्य बाध्य भएका छन । यसविचमा हात्ती लगायतका साना ठुला जनावरले आरक्षपीडितमाथि आक्र्रमण गरेर मृत्युबरण, घाईते, घर टहटा भत्काईदिने, अन्नबाली नष्ट गरिदिने पीडासंग दैनिक जुधिरहेका छन । आरक्षपीडित खगराज रानाको हात्तीबाट ज्यान गयो र अर्की पीडित ललु सार्की घाईते भएन ।
तर, उनीहरु निकुञ्जको कोर एरिया भन्दै सरकारले पाउने राहत पनि दिएन । वन्यजन्तुबाट हुने भएको क्षतिको राहत वितरण निर्देशिका ०८० अनुसार घाईतेले उपचार खर्च र मृत्यु भएका परिवारलाई १०लाख राहत क्षतिपूर्ति दिने र अन्नबाली, घरको समेत दिने भएपनि पीडितहरुले उक्त सुविधाबाट समेत बञ्चित भएका छन । पुर्नस्थापना मात्रै होईन राहतमा पनि राज्यको विभेद उदाशिनता छ ।