कञ्चनपुर । दलित समुदाबाट आचार्य गरेका कृष्ण दमाईलाई बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले ठुलो धनराशी आर्थिक सहयोग गरेका छन । प्रथम पशुपति कोटिहोमकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य दमाईलाई नगद एक लाख आर्थिक सहयोग गरेका हुन ।

कञ्चनपुर भीमदत्त नगरका स्थानीय समेत रहेका आचार्य दमाईलाई पशुपति कोटिहोममा सम्मान एव ब्यासाचार्यमा आशन गरेर प्रबचन दिलाउन भूमिका निर्वाह गरेका बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले ईसेवा मार्फत आचार्य दमाईको खातामा १लाख रुपैया ट्रान्सफर गरेर सहयोग गरेका छन ।

आचार्य कृष्ण दमाईको कोटिहोममा सम्मानपछि सुदूरका पत्रकार खगेन्द्र जैसीले आचार्य दमाई कार्यरत नयाँ जनक्रान्ति नेपाली दैनिककोे कार्यालयमा लिएको अन्र्तरवार्तामा आचार्य दमाई धुरुधुरु रुदै बिहान, साँझको छाक टार्न समस्या भएको विषय दर्शाएका थिए । त्यसपछि प्रथम पशुपति कोटिहोमकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले घोषणा नै गरेर ठुलो धनराशीको रकम सहयोग गरेका छन । महाराज सहित अन्य विवित समाजिक क्षेत्रबाट समेत आचार्य दमाईलाई सहयोग आईरहेको छ ।

भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित रौटेला खोलाबाट वाढीपीडित भएपछि दमाईको परिवार झन विचल्लीमा परेको थियो । एसएलसी उर्तिणपछि दमाई उच्च शिक्षा अध्ययनका लागि नेपाल संस्कृति विश्वविद्यालयको आंगिक क्याम्पस शारदाविद्यापिठमा अध्ययनकै क्रममा महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकामा निरन्तर काम गरेर अध्ययनसंगै आफ्नै शैक्षिक खर्च संकलन गर्दै आएका थिए । दलित समुदायबाट आचार्य गरेपछि धार्मिक तथा जातिय विभेद समेत उनले ब्रेंक गरिदिएका छन । आचार्य दमाईको अहिले राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरमा प्रसंसा भईरहेकोछ ।

प्रतिक्रिया दिनुस