रमेश प्रशाद भट्ट

कञ्चनपुर । भारतसंग खुला सीमा जोडिएको पश्चिम नेपाल सुदूरपश्चिम प्रदेशको तराई जिल्ला कञ्चनपुर तस्कर समुहको चुङ्गोलमा फसेको तथ्य फेला परेको छ । भन्सार चोरी तस्करी छली बिरुद्धमा सशस्त्र प्रहरी र नेपाल प्रहरी आक्र्रमक बनेपछि ठुलो परिमाणको अवैध समान बरामद तथ्यले समेत तस्कर समुहको चुङ्गोलमा फसेको तथ्य देखाएको छ ।

प्रत्यक्ष रुपमा भारतसंग झण्डै १३० किलोमिटर खुला सीमा जोडिएको कञ्चनपुरमा अहिले होईन, विगतदेखि निरन्तर तस्करी हुँदै आएको थियो ।

विगतका बर्षहरुमा तस्कर समुहले सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी, नेपाल प्रहरी र भन्सार कार्यालयक केही कर्मचारीसंगै अवैध सेटिङ्ग गरेर भारतबाट करोडौँका समान सहजै नेपाल भित्र्राउथे,तर अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीले तस्करको सेटिङ्गमाथि ब्रेक गरिदिएको छ । कञ्चनपुरमा तस्कर माथिको यो ब्रेक ०७५÷०७६ सालदेखि क्रमिक लाग्दै आएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख तत्तकालिन एसपी दिल्लीराज विष्ट र सशस्त्र प्रहरी बलका तत्तकालिन जिल्ला इन्चार्ज एसपी बीरसिह शाहुका पालादेखि तस्कर समुहमाथि डण्डा लगाउने कामको शुरुवात भएको थियो । विचका केही उतार चढाए आएपनि गत बर्षमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करमाथि झन आक्र्रमक बन्दै गएका थिए । गत बर्षसम्म नेपाल प्रहरी प्रहरीका जिल्ला कमाण्डर एसपी कमल थापा र सशस्त्र प्रहरीका कमाण्डर एसपी प्रेम रावलको कार्यकालमा पनि तस्कर समुह तह लगाउने काम भएको थियो ।

विगतका जिल्ला कमाण्डरले गर्दै आएको सुशासनको भारी अहिले सशस्त्र प्रहरीका एसपी खगेन्द्र बहादुर चन्द र नेपाल प्रहरीका एसपी चक्रराज जोशीको काँधमा परेको छ । गत आर्थिक बर्षको फागुन पहिलो सातादेखि एसपीद्वय जोशी र चन्दले कञ्चनपुरको कमाण्डिङ्ग सम्हालेपछि पनि चोरी तस्करीमा उल्लेख्य प्रगति भएको छ । यद्यपी पनि जिल्लामा सशस्त्र प्रहरी र प्रहरीका जिल्ला कमाण्डरलाई व्यक्तिगत रुपमा नभई संस्थागत रुपमा तस्कर समुहसंग साँठगाँठ गरेको र महिनाबारी दिनेलाई छाडेको नदिने तस्कर समुहका समान समातेको आरोप लाग्दै आएको छ । जिल्ला स्थित सशस्त्र प्रहरी र नेपाल प्रहरीका कमाण्डर अनुचित आर्थिक लाभका पछि नपरे सुशासन र दण्डहिनताका लागि निःस्वार्थ सरकारले दिएको जिम्मेबारी निर्वाह गर्न थालेपछि तस्कर समुहको रुवाबासी चलेको छ ।

तस्कर समुहले अहिले खुलेयाम गाँउघर बजारमा भन्दैछन, विगतमा हामी सशस्त्र प्रहरी, नेपाल प्रहरीसंग र भन्सारकै पनि केही कर्मचारीसंग सेटिङ्ग मिलाएर भारतबाट सहजै भन्सार वा अन्य नाकाबाट समान तस्करी गर्दै आएको र अहिले कडाई गरेपछि भन्सार बिना एक सियो समेत घुसाउन नसक्ने अवस्था आएको अनुभव साटासाट गरिरहेका छन ।

गत आर्थिक बर्ष ०८०÷०८१ मा नेपाल प्रहरीले ६ करोड, ३७ लाख, ८५ हजार, ५ सय १९ रुपैया र सशस्त्र प्रहरीले ४ करोड ७६ लाख, ७९ हजार, ४०७ रुपैया बराबरको अवैध समान बरामद गरेर कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी भन्सारमा बुझाउँदा समेत तस्करी अझै नरोकिएको बुझिन्छ । तस्कर समुहको झण्डै ११ करोड, १४ लाख, ६४ हजार ९२६ रुपैयाका अवैध समान नेपाल भित्र्राएर रातारात करोडपति बन्ने सपना सशस्त्र प्रहरी र नेपाल प्रहरीले तुहाईदिएको छ ।

तस्कर समुहसंग अनुचित घुुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरको टोलीले आर्थिक बर्ष ०७५÷०७६ सालतिर भन्सार कार्यालयका तत्तकालिन नासु राम प्रशाद भट्टराईको साथबाट घुस सहितको १० हजार बरामद गरेको थियो । यस्तै आर्थिक बर्ष ०७६÷०७७ मा ईप्रका गड्डाचौकीमा कार्यरत हाकिमका लागि भन्दै तस्कर समुहबाट पैशा अशुल्दै आएका प्रहरी दिपक चौधरीलाई समेत अख्तियारले ५ हजार घुस सहित पक्राउ गरेको थियो ।

भन्सार क्षेत्रमा अख्तियारका उक्त दुई स्ट्रि«ङ अप्रेसनपछि भन्सारका कर्मचारी तस्कर समुहसंग अनुचित लाभ तर्फ ध्यान नदिएको पाईन्छ । गत आर्थिक बर्ष ०८०÷०८१ मा कञ्चनपुर भन्सार कार्यालयले समेत भन्सार राजस्व लक्ष्य ५९ करोड, ६९ लाख, ७ हजार मध्ये लक्ष्य भन्दा कम ५४ करोड, ४१ लाख, ७९ हजार मात्रै राजस्व संकलन ९१.१५ प्रतिशत राजस्व संकलन गरेको छ । भन्सार कार्यालय कञ्चनपुरका सुचना अधिकारी तेज बहादुर रावलले भन्सार कर्मचारीको सकृयता, सशस्त्र प्रहरी र नेपाल प्रहरीले चोरी तस्करी नियन्त्रणमा खेलेको भूमिकाले भन्सार राजस्व समेत बृद्धि भएको बताए । सुचना अधिकारी रावलले सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट बरामद भई आएको समानको मुल्यमा शिघ्र लिलामी नहुँदा केही ढिलाई हुने गरेको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले चोरी तस्करी जस्ता गैर कानुनी गतिबिधी निरन्तर नियन्त्रण गरिने बताए । एसपी जोशीले नेपाल प्रहरीले जिल्लाभरी हुने कुनैपनि गैर कानुनी गतिबिधी भन्सार राजस्व छली जस्ता अवैध कार्य कुनैपनि हालमा निरुत्साहित गरिने र चोरी तस्करी बिरुद्धमा अभियान निरन्तर चलाउने बताए । एसपी जोशीका अनुसार चालु आर्थिक बर्ष ०८१÷०८२को शुरुवात पहिलो महिना ६० लाख र दोस्रो भदौँको पहिलो साता ११लाख बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरिएको बताए ।

सशस्त्र प्रहरी बल नेपाल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दले चोरी तस्करी भन्सार छली बिरुद्धमा सशस्त्र प्रहरीले सुन्य सहनशिता नीति अनुरुप कार्बाही अघि बढेको बताए । ‘हाम्रो टोलीले जहाँ तस्कर तस्करका अवैध गतिबिधी देख्यो, त्यही फिल्डमै कार्बाही गछौँ, ‘उनले भने, ‘गैर कानुनी गतिबिधी अन दी स्र्पोट नियन्त्रण गछौँ ।’ भन्सार छली चोरी बिरुद्धमा सशस्त्र प्रहरीले निरन्तर कार्बाही गर्ने चेतावनी दिएका छन । कञ्चनपुरका उद्योग वाणिज्य संघहरुले सम्मानजनक व्यवसायका लागि भन्सार काटेरै समान ल्याउन आब्हान गर्दै आएका छन । नागरिकले समेत तस्कर बिरुद्धमा निरन्तर कार्बाही गर्नुपर्ने सुझाव दिदै आएका छन ।

प्रतिक्रिया दिनुस