चिकित्सा क्षेत्रमा सुधारको माग राख्दै पटक–पटक अनशन बस्दै आएका डाक्टर गोविन्द केसी १७ औं अनशन बस्नका लागि डडेल्धुरा पुगेका छन्। यसअघि शिक्षण अस्पतालस्थित गणेशमान सिंह भवनमा १६ पटकसम्म अनशन बसेका केसी १७ औँ अनसनका लागि डडेल्धुरा पुगेका हुन्।

काठमाडौंमा चिकित्सक संघको केन्द्रीय कार्यलयमा अनशन बस्ने तयारी भएपनि ठाउँ नदिइएपछि डाक्टर केसी अनसन बस्न डडेल्धुरा पुगेका हुन्। नेपालका सबै निजी मेडिकल कलेजले अवैधरूपमा असुल गरेको रकम फिर्ता गरिनुपर्ने, नेताहरू उपचारका लागि सरकारी खर्चमा विदेश जान रोक्नुपर्ने, विभिन्न आयोगले दोषी ठह¥याएकालाई कारबाही हुनुपर्ने लगायतका मागहरू राख्दै अनसन बस्ने तयारी भएको हो।

यसअघि उनले आफ्ना माग र यसअघिको अनशनका क्रममा भएका सहमति पूरा गर्नका लागि सरकारलाई अल्टिमेटम समेत दिएका थिए। अल्टिमेटम दिँदा समेत सरकार उदासीन बनेपछि आफ्नो १७ अनशन सुरु गर्न लागेको उनले बताए।
दिनेश खवर बाट

प्रतिक्रिया दिनुस