दिपकराज भट्ट
डडेदल्धुरा, सुदूरपश्चिम प्रदेशको एकमात्र संघीय सरकार मातहतको डडेल्धुरा अस्पतालमा चिकित्सक अभावमा बिगत डेढ महिना देखी अवरुद्ध सबै सेवाहरु आईतबार देखि सुचारु भएका छन ।घरासयी कामका कारण विदामा गएका डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा।जितेन्द्र कँडेल काममा आएको र अन्य चिकित्सक समेत अस्पतालमा पुगेसंगै चिकित्सकको अभावमा अवरुद्ध सम्पुर्ण सेवा सुविधा सुचार भएको अस्पताल प्रशासनले जनाएको छ ।

डाँ कँडेल आएसंगै डडेल्धुरा अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माउँने सिएस सेवा, भिडियो एक्सरे, हर्निया, हाईड्रोसिल, एपेण्डीसाईडको शल्यक्रिया सेवा, सुरक्षीत गर्भपतन सेवा लगायतका सेवा सुचारु गरिएको हो ।डडेल्धुरा अस्पतालमा वन्द रहेका सेवा सुविधा सुचारु भएपछि डडेल्धुरा सहित सुदुरपश्चिम प्रदेशका बैतडी, डोटी, बझाङ, बाजुरा, अछाम र दार्चुला जिल्लाका विरामीलाई पनि उपचार गराउनका सहज भएको छ ।

संघीय सरकार मातहतको एकमात्र डडेल्धुरा अस्पतालमा चिकित्सक अभावमा अस्पतालबाट प्रवाह हुने सेवा सुविधा अबरुद्ध हुँदा सुनसान बनेको डडेल्धुरा अस्पतालमा बिरामीको चाप पनि बढन थालेको अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु बताउछन ।चिकित्सक अभावमा डडेल्धुरामा सिएस सेवा बन्द हुँदा करिव डेढ महिना देखी यस क्षेत्रका गर्भवती महिलाहरु धनगढी र भारतीय अस्पताल जानुपर्ने बाध्यता थियो । टाढाको अस्पताल जानुपर्दा कतिपयले बाटौमै वच्चा जन्माएका थिए भने बाजुराकी एक महिलाको स्वास्थ्य संस्थामै निधन भएको थियो ।

कर्मचारी समायोजनका कारण अस्पतालमा चिकित्शक अभाव भएपछि डडेल्धुरा जिल्लाबाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली काँग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लको नेतृत्वमा जनप्रतिनिधीहरु सम्मलित समुहले राजधानी पुगेर उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई भेटी तत्काल चिकित्सक पठाउन आग्रह गरेपछि चार जना चिकित्सक पठाइएको छ ।उप क्षेत्रीय अस्पताल हुँदा २२ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको डडेल्धुरा अस्पताल स्तरोन्नती भई संघीय सरकार मातहतको अस्पताल बनाईए पछि चिकित्सक अभाव झेलीरहेको छ ।

प्रतिक्रिया दिनुस