महेन्द्रनगर कार्तिक १८ , कञ्चनपुरको बेदकोट नगरपालिका–१ हात्तीथलामा जंगली हात्तीको आक्रमणबाट सोमबार दिउँसो एक जना महिला घाइते भएकी छिन् ।बेदकोट नगरपालिका–१ हात्तीथलाकी स्थानीय जानकी धामी हात्तीको आक्रमणबाट घाइते भएकी अस्थायी प्रहरी बिट चम्फापुरका असई रामसिंह बोहराले बताउनुभयो ।

घाईते महिलाको खुट्टामा गम्भिर चोट लागेको छ ।स्थानीय बैजनाथ मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका महिलाहरुलाई जंगली हात्तीले आक्रमण गरेको थियो ।धामीसंगै गएका अन्य महिला भने भागेर ज्यान जोगाएका छन ।

हात्तीको आक्रमणबाट घाइते भएकी धामीलाई उपचारका लागि महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसके पछि उन उनलाई भारतको बरेली रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुस