काठमाडौं कार्तिक १८, नेकपा (क्रान्तिकारी माओवादी)को आइतबार सम्पन्न स्थायी समितिको बैठकले मंसिर १४ मा हुने उपनिर्वाचन बहिस्कार आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । बैठकले पार्टीकोे पहल र नेतृत्वमा बहिस्कार आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टी केन्द्रीय कार्यालयका अनुसार उपनिर्वाचन बहिस्कार आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनका निम्ति अन्य नीति तथा कार्यक्रम मिल्ने पार्टीहरुसँग पनि कार्यगत एकता तथा सहकार्यका निम्ति प्रयास गर्ने निर्णय गरेको छ ।

क्रान्तिकारी माओवादीले पार्टीको साउन २१ देखि २३ गतेसम्म चलेको पोलिटव्युरोको बैठकले उपनिर्वाचनको ‘सक्रिय बहिस्कार’ गर्ने निर्णय गरेको थियो ।
बैठकले निर्वाचन बहिस्कार गरी संसदवादको भण्डाफोर गर्ने निर्णय गरेको पार्टी महासचिव किरणले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको थियो । ‘सत्ता तथा व्यवस्था बदनाम हुँदै गएको वर्तमान अवस्थामा निर्वाचनको उपयोग गरेर भन्दा बहिस्कार गरेर संसदवादको भण्डाफोर गर्नु उपयुक्त हुने भएकोले उक्त उपनिर्वाचनको सक्रिय बहिस्कार गर्ने निर्णय लिइएको छ,’ वक्तव्यमा उल्लेख गरिएको थियो ।

प्रतिनिधिसभाको १, प्रदेशसभाका ३ र स्थानीय तह समेत जम्मा ३६ जिल्लाका ५० स्थानमा जनप्रतिनिधिहरु रिक्त छन् । रिक्त भएका पदहरुको पूर्ति गर्नका मंसिर १४ गते निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग लागेको छ।

क्रान्तिकारी माओवादीले संविधानसभाको दोस्रो निर्वाचन बहिस्कार गरेको थियो । सामन्तवादी तथा साम्राज्यवादी शक्ति र दलाल तथा नोकरशाही पुँजीपतिवर्गको आपसी सहमतिमा गरिएको निर्वाचनले देश र जनताको पक्षमा काम गर्न नसक्ने र त्यसबाट जनपक्षीय संविधान पनि नबन्ने विश्लेषणसहित संविधानसभाको निर्वाचन बहिस्कार गरेको थियो ।

संविधानसभा निर्वाचन बहिस्कार सही रहेको विश्लेषण गर्दै क्रान्तिकारी माओवादीले संविधान जारी भइसकेको अवस्थामा भएको तीनवटै तहको निर्वाचनमा भने पार्टीको क्रान्तिकारी संयुक्त मोर्चाको रुपमा रहेको देशभक्त जनगणतान्त्रिक मोर्चा मार्फत् निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने नीति लिएको थियो । पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनको क्रान्तिकारी उपयोग गर्ने निर्णय गरेपछि पार्टीले जारी गरेको वक्तव्यमा भनिएको थियो, “वर्तमान संविधानले दलाल एवम् नोकरशाही पूँजीपति र सामन्तवर्गको नेतृत्व तथा अधिनायकत्वमा आधारित पश्चगामी राज्यसत्ताको प्रतिनिधित्व तथा संरक्षण गर्दछ । त्यसैले हाम्रा लागि यस प्रकारको संविधान अस्वीकार्य रहेको छ र त्यसलाई खारेज गरी संघीय जनगणतान्त्रिक संविधानको निर्माणका लागि संघर्ष गर्ने नीति अवलम्बन गरिएको छ । पार्टीको यो नीति सही तथा वैज्ञानिक रहेको छ ।’

वक्तव्यमा भनिएको थियो, “सामान्य अर्थमा नेपालमा चुनाव उपयोग गर्दा दक्षिणपन्थी र बहिष्कार गर्दा क्रान्तिकारी भइन्छ भन्ने मानसिकता पनि पाइन्छ । त्यो गलत हो । विश्व र नेपालमा पनि क्रान्तिकारी ढंगले चुनाव उपयोग गरिएका र बहिष्कार क्रान्तिकारी नभई ढोंगमा परिणत भएका उदाहरणहरु पनि छन् । यसरी हेर्दा चुनाव उपयोग हमेशा गलत र बहिष्कार हमेशा सही हुन्छ भन्ने कुरा पनि ठीक होइन ।’

वक्तव्यमा अगाडि भनिएको थियो, “अन्तर्राष्ट्रिय र नेपाली कम्युनिस्ट आन्दोलनमा पनि संसदीय चुनावहरुको उपयोगका नाममा सुधारवाद तथा दक्षिणपन्थी अवसरवाद र बहिष्कारका नाममा यान्त्रिकतावाद, संकीर्णतावाद वा कुनै बेला क्रान्ति विरोधी उद्देश्यसित जोडिएका पनि देखा पर्दै आएको छ । हामीले सामान्यतःयी दुवै खाले गलत प्रवृत्ति र मुख्यतः दक्षिणपन्थी अवसरवाद तथा क्रान्तिविरोधी चिन्तनप्रति सतर्क रहन जरुरी छ ।”

स्थानीय निर्वाचन जनताका अत्यावश्यक तथा दैनिक कामहरुको व्यवस्थापनसित जोडिएको, महान् जनयुद्ध तथा क्रान्तिले गंभीर धक्का खाई प्रतिक्रियाकाल सुरु भएको, अहिले उभारको अवस्था नरहेको, क्रान्तिको तयारीका लागि जनाधार तयार पार्न तथा जनताकाबीचमा संगठन विस्तार गर्न आवश्यक बन्न गएको, जनताको एउटा ठुलो हिस्सामा निर्वाचनप्रति चासो देखिएको र पश्चगामी सत्ता तथा व्यवस्थाको विरोध एवम् भण्डाफोर गर्ने एउटा उपयुक्त माध्यम हुने भएकोले सो निर्वाचनको क्रान्तिकारी ढंगले उपयोग गर्न आवश्यक रहेको विश्लेषण गरिएको थियो ।

क्रान्तिकारी माओवादीले चुनाव उपयोग गर्नुका कारणबारे विज्ञप्तिमा ३ वटा बुँदामा उल्लेख गरेको थियो– ‘१। प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थालाई स्वीकार गरी त्यसको संरक्षण तथा कार्यान्वयन गर्न निर्वाचनमा भाग लिनु र त्यस प्रकारको सत्ता तथा व्यवस्थाको विरोधमा भण्डाफोरको नीति अवलम्वन गरी क्रान्तिकारी उपयोग गर्नुका बिच तात्विक तथा गुणात्मक अन्तर हुन्छ । २। स्थानीय निर्वाचनको उपयोग सम्बन्धी हाम्रो नीति वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्था, तिनको कार्यान्वयन एवम् संरक्षणमा संलग्न पश्चगामी तथा दक्षिणपन्थी संशोधनवादी राजनीतिक दलहरुको विरोध तथा भण्डाफोर गर्ने र क्रान्तिको तयारीका लागि जनाधार तयार पार्ने तथा संगठन विस्तार गर्ने उद्देश्यमा आधारित रहेको छ । ३। निर्वाचन उपयोगको क्रममा राप्रपा, नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्रसहितका राजनीतिक दलहरुको प्रतिक्रान्तिकारी तथा राष्ट्रघाती चरित्रको सशक्त विरोध तथा भण्डाफोर गर्नुपर्दछ। साथै, उनीहरुकाबीचको अन्तर्विरोधलाई देश तथा जनताको पक्षमा उपयोग गर्नेबारे पनि आवश्यक ध्यान दिनु पर्दछ ।”

संसदवादीहरुको चुनावी चहलपहल
४२ वटा स्थानीय तह, ३ प्रदेशसभा र १ प्रतिनिधिसभाका विभिन्न पदका लागि निर्वाचन हुँदैछ । प्रतिनिधि सभातर्फ कास्की क्षेत्र नम्बर २ मा, प्रदेशसभातर्फ प्रदेश नम्बर ३ को भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’, प्रदेश ५ को दाङ निर्वाचन क्षेत्र ३ ‘ख’, गण्डकी प्रदेशको बागलुङ क्षेत्र नं। २ को प्रदेशसभाका सदस्यका लागि उपनिर्वाचन हुँदैछ ।

यस्तै स्थानीय तहतर्फ धरान उपमहानगरपालिकामा प्रमुख पदका लागि, सङ्खुवासभाको मकालु गाउँपालिका अध्यक्ष, पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष पद लगायत वडाध्यक्षसहित ४२ वटा स्थानीय तहमा उपनिर्वाचन हुँदैछ ।

प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ मा स्वर्गीय रवीन्द्र अधिकारीको स्थानमा निर्वाचन हुँदैछ । तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीको फागुन १५ गते ताम्लेजुङमा हेलिकप्टर दुर्घटनामा मृत्यु भएको थियो । दलहरूले यो निर्वाचन क्षेत्रका लागि उम्मेदवार घोषणा गर्न थालिसकेका छन् । नेकपाले पूर्व स्वर्गीय मन्त्री रवीन्द्रकी पत्नी विद्या अधिकारी भट्टराईलाई अघि सारेको छ । यस्तै साझा पार्टीले रजनी केसीलाई उम्मेदवारको घोषणा गरेको छ ।

को को छन् बहिस्कारको पक्षमा रु

मोहन वैद्य‘किरण’ नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, सीपी गजुरेल‘गौरव’ नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको नेकपा ९माके० र ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतका दलहरुले उपनिर्वाचन बहिस्कार गरेका छन् । यी सबै पार्टीहरुबीचमा निर्वाचन बहिस्कार आन्दोलनलाई सशक्त बनाउने दिशामा कार्यगत एकता वा सहकार्य हुन्छ वा हुँदैन भन्ने विषयमा चाहिं अहिले नै एकिन गर्न सकिने स्थिति छैन । विगतमा सहयाकार्य गरेको मोहन विक्रम सिंह नेतृत्वको मसालले भने सत्तारुढ पार्टीसँगको सहकार्यमा चुनावमा भाग लिने निर्णय गरिसकेको छ र डबल नेकपासँग आपसी तालमेलमा सहमति समेत गरिसकेको छ । मुलबाटो बाट

प्रतिक्रिया दिनुस