डडेल्धुरा कार्तिक १९, चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द केसीले सोमबार देखि सुरु गरेको १७ औं चरणको अनशनदोस्रो दिन पनि जारी छ। डडेल्धुरा अस्पतालबाट एक सय मिटरको दुरिमा निर्मल क्लिनिक सञ्चालनमा रहेको घरमा उनी अनशन बसेका छन्। डाक्टर केसीले पत्रकार सम्मेलन गरेर सोमबार अपराह्न ५ बजे देखि सात बुँदे माग राख्दै अनशन सुरु गरेका थिए।
यसैबिच सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेस डडेल्धुराका पार्टी सभापति कर्णबहादुर मल्लले अनशनरत डाक्टर केसीलाई भेटेर उनको सत्याग्रह प्रति ऐक्यवद्धता जनाएका छन्। उनले डाक्टर केसीलाइ भेटेर पवित्र महाअभियानमा डडेल्धुरा कांग्रेसको साथ रहेको बताए। साथै उनले सम्पूर्ण सुदूरपश्चिमबासीमा गरिबको स्वास्थ्यको लागी थालिएको अभियानमा सहयोग गर्न अनुरोध समेत गरे।

प्रतिक्रिया दिनुस