बैतडी कार्तिक १९ ,बैतडीको डिलाशैनी गाउँपालीका ७ ढॉडमा  रहेको डॉडाबाग आधारभुत विध्यालयका कार्यरत शिक्षक, शिक्षिकाहरुले साउन महिना देखि तलव भत्ता खान पाएका छैनन् । उक्त बिध्यालयका कार्यरत स्थायी शिक्षक प्र. अ बिरेन्द्र बहादुर कार्की, स्थायी शिक्षिका जानकी कुमारी जोशी (पन्त) बाल विकास शिक्षिका मन्तोधरी कार्की करार शिक्षिका धाना ऐर कार्यालय सहयोगी कर्ण बहादुर कार्कीले साउन महिना देखि तलव नपाएको गुनासो गरेका छन ।

गत बर्ष पनि एक बर्षको तलव असारमा पाएको२०७० साल बाट कार्यरत स्थायी शिक्षिका जानकी कुमारी पन्तले बताउनुभयो । जिल्ला विकास तथा समन्वय एकाई बैतडीले अजोज महिना गाउपालिकालाई यथा सिग्र तलव दिन पत्र दिएको भए पनि अहिले सम्म् गाउपालिकाले तलव भुक्त्तानी नलिएको जानकी कुमारी जोशी पन्तले गुनासो बोख्नुभयो ।
आभारभुत तहको विध्यालय सञ्चालनका लागि जम्मा ३ जना शिक्षक मात्र रहेको भए पनि गाउपालिकाले अहिले सम्म शिक्षक दरबन्दी मिलाउन सकेको छैन । यस बिषमा गाउपालिका लेखा प्रमुखलाई सम्पर्क गर्न खोज्दा उन्को फोन सम्पर्क हुन सकेन ।

प्रतिक्रिया दिनुस