काठमाडौं कार्तिक २१, नेकपा क्रान्तिकारी माओवादी पार्टी निकट देशभक्त जनगणतान्त्रिक मोर्चा, क्रान्तिकारी संयुक्त मोर्चा नेपाल भारतीय विस्तारवादले गरेको सीमा अतिक्रमणका विरुद्धमा सडकमा उत्रिएको छ । काठमाडौं उपत्यका, चितवन लगायतका विभिन्न ठाउँमा सडकमा उत्रिएर मोर्चाले कालापानी क्षेत्र भारतले आफ्नो देशको नक्सामा राखेको विरोधमा प्रदर्शन गरेको छ ।

रत्नपार्क शान्तिबाटिकाबाट निस्किएको देजमोको ¥याली पुरानो बसपार्क, भद्रकाली, सहिदगेट, न्यूरोड, वीरअस्पताल हुँदै पुनः रत्नपार्कमा पुगेर कोणसभामा परिणत भएको थियो ।‘भारतीय विस्तारवाद–मूर्दावाद’ लेखिएको कालो मूल ब्यानरसहित विरोध प्रदर्शनमा उत्रिएको देजमोका नेता कार्यकर्ताहरुले भारतीय हस्तक्षेपका विरोधमा चर्का नाराबाजी गरेका थिए ।

विरोध ¥यालीपछिको कोणसभालाई देजमोका केन्द्रीय महासचिव परि थापाले सम्बोधन गरेका थिए । कार्यक्रमको सञ्चालन मोर्चाका केन्द्रीय सदस्य भरत बुर्जाले गरेका थिए । कार्यक्रममा पार्टी तथा मोर्चाका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो

प्रतिक्रिया दिनुस