केशव थापा

कञ्चनपुर । शुक्रबारदेखि बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा मन्दिर क्षेत्रमा शुरु भएको सातौँ खुला फुटबल प्रतियोगिताका लागि बेलडाँडीका तीन युवाले आर्थिक सहयोग गरेका छन ।

मातृभूमि कञ्चनपुर बेलडाँडी भई हाल रोजगारीका सिलसिलामा विदेशमा रहेका तीन युवाले आर्थिक सहयोग गरेका हुन । सुदूरपश्चिमेलीहरुको महानपर्व गौराको अवसरमा हरेक बर्ष बेलडाँडी कालिका टोल लल्लरेडाँडा स्थित गौरा मैदान क्षेत्रमा हुने फुटबल प्रतियोगिता सफल पार्नका बेलडाँडी घर भई हाल विदेश(दक्षिण कोरिया) रहेका खेलप्रेमी रमेश भट्टले ४ हजार १२२, पुर्व फुटबल खेलाडी समेत रहेका हाल मलेरियामा रहेका शंकर शाहले ३ हजार ३३३ र पुर्व खेलाडी एव आशिस सिह ठकुरीले २हजार १ रुपैया आर्थिक सहयोग गरेका छन ।

अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले प्रतियोगिता सम्पन्न गर्नका लागि तीनै जना युवा भट्ट, शाह सिहले आर्थिक सहयोग गरेको बताए ।

यस बर्ष प्रतियोगिता स्र्पोन्सर नपाएपछि आर्थिक संकटमा परेको छ । क्लबले स्वदेश तथा विदेशमा रहेका बेलडाँडीबासीलाई आर्थिक सहयोगका लागि अपिल गरेको छ । ग्रामिण भेगको खेलकुद बृद्धि विकासका लागि हरेक गौरा पर्वका बेला प्रतियोगिता आयोजना गरिदै आएको छ ।

प्रतिक्रिया दिनुस