कञ्चनपुर । नेकपा एमाले निकट युवा अमर राना सहित चार युवा राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेशको सदस्यमा मनोनित भएका छन । राष्ट्रिय युवा संघ सुप प्रदेशका अनुसार अमर राना, नविन चन्द, यज्ञ नाथ र महेश विष्टलाई प्रदेश सदस्यमा मनोनित गरेकोछ । लालझाडीका एमाले प्रभावशाली युवा नेता राना सहित चारै युवालाई प्रदेश कमिटिमा मनोनित गरिएको जनाएको छ । प्रदेश कमिटीमा मनोनित भएका अमर राना सहितले संगठनले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुस