कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता एव सरक्षणकर्मी राजुराम भुल(श्रीकोटी)ले छोरीको जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेका छन ।

बेदकोट नगरका स्थानीय समेत रहेका माओवादी नेता एव सरक्षणकर्मी समाजिक अगुवा भुल(श्रीकोटी)ले छोरीको जन्मदिनको अवसरमा विपन्न विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेका हुन ।

छोरी हिमानी भुल(श्रीकोटी)को ८औँ जन्मदिनको अवसरमा बिहीबार बेदकोट नगरपालिका ४ बैतडाको बालज्योती माविका अति विपन्न समुदायका तीन जना विद्यार्थीलाई विद्यालय पोषाक दिएका हुन । उनले आफु अध्ययन गरेको विद्यालयका शान्ति ओखेडा, विद्या दमाई र निशा जोशी अति विपन्न विद्यार्थीलाई स्कुल डे«स यूनिफम दिएको विद्यालयले जनाएको छ ।

छोरीको खुसीका दिन विपन्न विद्यार्थीको अध्ययनका लागि केही राहत पु¥याउने उदेश्यले सानो समाजिक प्रयास गरेको उनले जनाएका छन ।

पोषाक वितरण कार्यक्तममा विद्यालयका अध्यक्ष सुर्य बहादुर भण्डारी, प्रद्यानाध्यापक नारायण चन्द सहितका अभिभावकले आफु अध्ययन गरेको विद्यालयमा छोरीको जन्मदिनमा विपन्न विद्यार्थीको सेवा गरेको भन्दै प्रसंसा गरेका छन । पछिल्ला दिनका कम्युनिष्ट नेता कार्यकर्ताहरुले जन्मदिन सहितका विभिन्न उत्सवमा पश्चिमा संस्कृति भित्र्राउँदै केक काटेर मोटो रकम खर्चिने संस्कार चिर्दै माओवादी युवा नेता भुल(श्रीकोटी)ले वास्तविक विपन्न समुदायको समाजिक हितका लागि गरेको कामको चौतर्फि प्रसंसा भईरहेको छ ।

प्रतिक्रिया दिनुस