विकास सिह महता 

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्रमा सम्पन्न भएको बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई पाईएको छ । बिहीबार सम्पन्न भएको सातौँ बेलडाँडी फुटबल प्रतियोगिताको उपाधी झिलमिला युवा समाजलाई पाईएको हो ।

फाईनल प्रतियोगितामा झिलमिला युवा समाज(बि) र बेलडाँडी फुटबल एकेडेमी ‘ए’बिच भएको फाइनल खेलमा बेलडाँडी फुटबल एकेडेमी ‘ए’लाई झिलमिला युवा समाज(बि)ले ० का बिरुद्ध १ गोलको अन्तरले हराउँदै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । च्याम्पियन टिमले ८१ हजार ट्रफी प्रमाणपत्र ,मेडल र उपविजेता टिमले ४५ हजार नगद ट्रफी प्रमाणपत्र ,मेडलमा चित्त बुझाएको छ ।

प्रतियोगिताका विभिन्न उत्कृष्ट विधाका खेलाडीहरु आकर्षक ट्रफी हात पारेका छन । विजेता टिमलाई पुरस्कार वितरण गर्दै बेलडाँडी गाँउपालिका प्रवक्ता गज बहादुर विष्टले प्रतियोगिताले ग्रामिण क्षेत्रको खेलकुद विकासमा टेवा पुगेको बताए । अलस्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरले १७ टिमको सहभागिता रहेको बताए । उनका अनुसार ग्रामिण भेगको खेलकुद विकासका लागि हरेक बर्ष गौरा पर्वका बेला फुटबल प्रतियोगिता आयोजना गरिदै आएको छ । बेलडाँडीको स्थानीय अलस्टार युवा क्लबको आयोजनामा ७ भदौँदेखि सञ्चालन भएको सातौं संस्करण बेलडाँडी खुला नकाउट फुटबल प्रतियोगिता ०८१ शुरु भएको थियो । सुदूरपश्चिमेलीहरुको महाव गौरा पर्वका अवसरमा रहेक बर्ष बेलडाँडी गाँउपालिका १ लल्लरेडाँडा गौरा महेश्वरी मन्दिर प्राङगण क्षेत्रमा फुटबल प्रतियोगिता आयोजना गरिदै आएको छ । अलस्टार युवा क्लबका अगुवा भीम जोशीले संचालन गरेको कार्यक्रममा जनप्रतिनिधी, खेलाडी, स्थानीय सहितको सहभागिता रहेको थियो । सातदिनसम्म संचालन भएको फुटबल पतियोगिता हजारौँ दर्शकले अवलोकन गरेको आयोजकले जनाएको छ । आयोजकले प्रतियोगिता सम्पन्न गर्नका लागि प्रंत्यक्ष, अप्रत्यक्ष सहयोग गर्ने सबै महानुभाव, पालिका, वडा सहितका सरोकारवालामा आभार प्रकट गरेको छ।

प्रतिक्रिया दिनुस