नरेश राना

कञ्चनपुर । प्रकास दाहाल स्मृति प्रतिष्ठानले कञ्चनपुरको ग्रामिण भेगका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोषाक(टिसर्ट) वितरण गरेको छ । आइतबार प्रकास दाहाल स्मृति प्रतिष्ठानले लालझाडी गाँउपालिका विपन्न समुदायका विद्यार्थीलाई विद्यालय पोषाक वितरण गरेको हो ।

नेकपा माओवादी केन्द्रका युवा विद्यार्थी नेता स्व. प्रकास दाहालको स्मृति विपन्न समुदायका विद्यार्थीलाई पोषाक वितरण गरिएको जनाईएको छ । माओवादी नेता एव लालझाडी गाँउपालिका निर्वतमान प्रमुख मदन सेन बडायकले प्रकास दाहाल स्मृति प्रतिष्ठानले लालझाडी गाँउपालिका ४ जाई स्थित स्वतन्त्र माविका विद्यार्थीलाई युनिर्फम टिर्सट वितरण गरिएको बताए ।

नेकपा माओवादी केन्द्रकी नेतृ एव पुर्व खानेपानीमन्त्री बिना मगरको प्रमुख आथित्यमा विद्यार्थीलाई टिर्सट वितरण गरिएको छ । टिसर्ट वितरण गर्दै पुर्वमन्त्री एव स्व. प्रकास दाहालकी धर्मपत्नी मगरले प्रकास दाहाल स्मृति प्रतिष्ठानले यस्तै ग्रामिण भेगका विपन्न समुदायका विद्यार्थीको समाजिक विकासका क्षेत्रमा काम गर्दै आएको बताए ।

स्वतन्त्र माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज रानाले विपन्न समुदायका विद्यार्थीका लागि पुर्वमन्त्री एव माओवादी नेतृ मगरले प्रकास दाहाल स्मृति प्रतिष्ठान मार्फत टिर्सट वितरणले विद्यार्थीको अध्ययनमा समेत टेवा पुग्ने बताए ।

टिसर्ट पाएपछि विद्यार्थी खुसी भएका छन । कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ता, लालझाडी गाँउपालिका जनप्रतिनिधी ३ वडाध्यक्ष टिकाराम चौधरी, ४का वडाध्यक्ष बहादुर सिह राना सहित अभिभावक, विद्यार्थी, शिक्षक सहितको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस