कञ्चनपुर । नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) दिल्लीराज विष्ट सेवा निवृत भएका छन । ३० बर्षे कार्यकाल पुरा गर्दै एसएसपी विष्ट १६ भदौँ ०८१ मा सेवा निवृत भएका हुन । ०५१ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेस गरेका विष्ट तीन दशकमा सेवा निवृत भएका छन ।

ईप्रका, जिप्रका तत्तकालिन अञ्चल प्रहरी इन्चार्जको जिम्मेबार निर्वाह गरिसकेका एसएसपी विष्ट पछिल्लो एक बर्षदेखि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा अपराध अनुसन्धान नियन्त्रण महाकाली प्रमुखको रुपमा कार्यरत थिए ।

उत्कृष्ट कार्य सम्पादन बाफत एसएसपी विष्टलाई विगतमा पनि नेपाल प्रंहरीले पुरस्कार, सम्मानका साथै ०७९ सालमा नेपाल प्रहरी प्रदेश कार्यालय(हाल नेपालगन्ज)को इन्चार्ज हुँदा पनि प्रदेश प्रहरी कार्यालय सुर्खेत र ०८० मा सुप प्रदेश प्रहरी कार्यालय धनगढीबाट सम्मान पुरस्कार पाएका थिए ।

तराई, पहाड र हिमाली जिल्ला, गाँउबस्तीहरुमा इन्चार्जको जिम्मेबारीमा बखत विष्टले अपराध अनुसन्धान कार्यमा मेहनताका साथ कार्य सम्पादन गर्ने प्रहरी अधिकृत रुपमा चिनिन्छन । आइतबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिआईजी)रविन्द्र केसी सहितका सिनियर जुनियरदेखि बिल्लादार प्रहरी जवानले मायाको चिनो दिदै सम्मान बिदाई गरेका थिए । एसएसपी विष्टको सेवानिवृत समाजिक जिवनको समेत आम नागरिकबाट सद्भाव प्रकट गरिएको छ ।

प्रतिक्रिया दिनुस