कञ्चनपुर । जापानमा सुदूरपश्चिम समाज गठन गरिएको छ । अध्ययन तथा रोजगारीका सिलसिलामा जापानमा रहेका सुदूरपश्चिमेलीहरुले सुदूरपश्चिम समाज गठन गरेका हुन । जापानको चुरुमाई पार्क नागोयामा भेला गरी सुदूरपश्चिम समाज गठन गरिएको जनाईएको छ ।

भेलाले कञ्चनपुर कृष्णपुरका स्थानीय समेत रहेका दिपेन्द्र खड्काको अध्यक्षतामा १२ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्षमा कुल रावल र रोहित थापा, सचिवमा गजेन्द्र रावल र सह सचिवमा माधव जोरा चयन भएका छन ।

सदस्यहरु चक्र धामी, दिपेन्द्र विष्ट, गोकुल साउँद, महेश खड्का र विक्रम शाहीलाई सदस्यमा चयन गरेको छ । भेलाले प्रविन ओझा, महेश खड्का, नवराज शाही, राजेश जोशी र दुर्गेशलाई सल्लाहकारमा चयनगरेको छ ।

रोजगारी तथा अध्ययनको सिलसिलामा जापान गएका सुदूरपश्चिमेलीहरुलाई भैपरी आउने समस्याको समाधानका लागि समिति गठन गरिएको समितिका नवनिर्वाचित अध्यक्ष दिपेन्द्र खड्काले बताए ।

त्यसबाहेक नेपालबाट अध्ययनको सिलसिलामा आएका विद्यार्थीहरुको वृद्धि विकास र शैक्षिक सुधारका निम्ति आवश्यक परामर्श र सहयोग गर्ने, जापानमा रहदै आएका नेपाली विद्यार्थीहरुको भैपरी आउने समस्या समाधानको लागि आर्थिक कोष निर्माण गर्ने पनि समितिले उद्देश्य राखेको उनले बताए ।

उनका अनुसार त्यतिमात्रै नभई जापानमा नव आगन्तुक विद्यार्थीहरुको बेरोजगारीको समस्या र काम गरिरहेका विद्यार्थीहरुको कामको सिलसिलमा आउने समस्याहरुका समाधानका निम्ति ‘फास्ट एक्सन टिम’ निर्माण गर्ने, सुदूरपश्चिमको संस्कृति, पहिचान र भेषभुसाको जगेर्नो गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमहरु गर्ने, प्रवासी नेपालीहरुको आम्दानीलाई नेपालमै लगानी गर्ने लगानी मैत्री र प्रविधिमैत्री वातावरण सृजना गर्न सुदूरपश्चिम प्रदेश सरकारसँग आवश्यक छलफल अगाडी बढाउने लगायतका कार्यहरु पनि समितिले गर्नेछ ।

उनले रोजगारी या अध्ययनको सिलसिलामा जापानमा रहेका सुदूरपश्चिमेलीहरुलाई कुनै समस्या भए आफ्नो नम्बर ९८०९८३१४७२३, उपाध्यक्ष कुल रावलको नम्बर ०९०९१९५२१९९र सचिव गजेन्द्र रावलको नम्बर ०७०४८१७५२०६ मा सम्पर्क गर्न अनुरोध गरेका छन । उक्त समाजले सुदूरपश्चिम तथा नेपाली विद्यार्थी, समाज राष्ट्रको हितका क्षेत्रमा सक्दो सहयोग गर्ने प्रण गरेको छ ।

प्रतिक्रिया दिनुस