कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमत्त नगरपालिका २ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको न्यायिक आन्दोलनमा होमिएका एक बालकले ज्यान गुमाएको ६ बर्ष पुरा भएको छ । निर्मलाको न्यायका लागि भन्दै स्थानीयले गरेको आन्दोलनमा होमिएका भीमदत्त नगरपालिका १८ सालघारीभगतपुरका १३ बर्षिया सन्नी खुनाले ८ भदौँमा ज्यान गुमाएका थिए । निर्मलाको बलात्कार पछि हत्या भएको करिब महिना दिनमै सन्नीले पनि ज्यान गुमाएका थिए ।

आन्दोलनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरमा तोडफोड गर्न शुरु गरेपछि प्रहरीले चलाएको गोली लागेर १३ बर्षिया बालक खुनाले ज्यान गुमाएका थिए । ४ भदौँमा निर्मलाको हत्यामा सलग्न भएको भन्दै भीमदत्त नगरपालिका १९ बागफाँटाका ४६ बर्षिया दिलिप विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन चर्किएको थियो ।मानसिक सन्तुलन गुमाएका दिलिप विष्टले निर्मलाको हत्या गर्न नसक्ने भन्दै केही अधिकारकर्मी समुहले आन्दोलन चर्काएका थिए । ७ असोजमा पनि प्रहरीको गोली लागेर घाईते भएका भीमदत्त नगरपालिका–४ महेन्द्रनगरका २४ बर्षिया अर्जुन भण्डारा सहित घाईको भएका थिए । भण्डारा अहिलेपनि निको भएका छैनन । प्रहरीले चलाएको गोली लागेर पुर्वपश्चिम महेन्द्रराजमार्ग बसपार्क पुर्व क्षेत्रमा ठाँउको ठाँउ ढलेका सन्नीको खुट्टा, पेटमा गोली लागेको थियो ।

उपचारका लागि महाकाली अस्पताल लगिएका सन्नीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रर्दशनकारीले खुनाको शवलाई स्टेचरमा प्रहरी प्रशासन र सरकार बिरुद्ध नाराबाजी गर्दै लगेर बिरोध गरेका थिए । सन्नीसंगै गोली लागेर भीमदत्त नगरपालिका १ भाँसीका १६ बर्षिय उमेश देउवा, भीमदत्त नगरपालिका–१८ जानकी टोलका चेतन भट्ट सहित दजनौँ मानिस घाईते भएका थिए । निर्मलाको न्यायका लागि आन्दोलनमा होमिएर ज्यान गुमाएका सन्नीको परिवारमा अझैपनि सन्नटा छाएकै छ । अढाई बर्षको उमेरमा आमा मायादेवी खुना गुमाएका सन्नीका बाबुले दोस्रो विवाह गरेका थिए । स्थानीय मदन भण्डारी आधारभूत विद्यालयमा कक्षा ४ सम्म मात्रै अध्ययन गरेका सन्नी मजदुरी गर्दै आएका थिए । बाबु बीर बहादुर खुना भीमदत्त नगरपालिका सरसफाई शाखामा ज्यालादारीका कर्मचारी थिए ।

श्रीमती छोरा गुमाएका बीर बहादुरले ज्यालादारी काम पनि छाडेका छन । बीर बहादुर अहिले मजदुरी गर्दै आएका छन । साथीसंग पेल्ट लगाएको काम बाफत ज्याला माग्न बजार गएका सन्नी आन्दोलनमा भूमरीमा परेका थिए । सन्नी खुनाका बाबुले निर्मलाको न्यायका लागि आफ्नो छोरा सहिद भएसंगै दर्जनौँ मानिस घाईते, लाखौँ राज्यको रकम खर्च हुँदा समेत निर्मलाका वास्तविक हत्यारा पहिचान नभएको भन्दै दुखेसो पोखे । ‘सन्नी घरमा मार्बल र पेन्ट लगाउने मजदुर गर्दै आएका थिए, भाँसीमा यस्तै घरमा टायल र पेन्ट लगाए बाफत बजारमा बङगाली ठेकेदारसंग ज्याला माग्न गएका थिए, अधिल्लो दिन रक्षा बन्धन थियो, त्यही भएर पैशा माग्न बजार निस्किए बजारमा आन्दोलन थियो, त्यही आन्दोलनमा सन्नीपनि होमियो, प्रहरीलाई ढुङ्गामुढा हाल्ने आन्दोलन गर्ने भागे मेरो छोरोमाथि बन्दुक तेस्र्याएर मारिदियो ।’

उनले निर्मलाले न्याय पाउनुपर्ने बताए । निर्मलाको न्यायका लागि अति राजनीतिक भयो, उतिबेला निर्मलाको न्यायका लागि भन्दै मुख च्यातिने गरी कराउनेहरु सरकारमा छन, तिनै मान्छे मुल गाँउमा मन्त्री भएपन निर्मलाका लागि केही नगरेको उनको भनाईछ । सन्नीका दुई दिदि छन । उनीहरुको विवाह भईसक्यो । सौता आमाबाट एक छोरा छन । तीनै सरकारबाट पाईएको १८ लाख रुपैयाले सन्नीबा बाबुले भगतपुरका घर र बर्दियामा २कट्टा जमिन लिएका छन । सन्नीको चप्पल छुट्दा गोली लाग्यो ः प्रत्यक्षदर्शी उमेश खुना सन्नी खुनासंगै रहेका आन्दोलनमा रहेका प्रत्यक्षदर्शी उमेश खुनाले प्रहरीको गोली लागेर सन्नी सडकमै ढलेको बताए ।

उनी यसो भन्छन, ‘हामी दुई जनासंगै थिए । दुवै तर्फबाट मानिस आईरहेका थिए, उनीहरु ढुङगा हानिरहेका थिए, माथिबाट प्रहरीले गोल हान्यो म भागे, त्योसको चप्पल छुटे, हामी आन्दोलनमा नभई ठेकेदारसंग पैशा माग्न गएका थियौँ, सुनित बङगाली ठेकेदारसंग पैशा माग्न गएका हौँ, ठेकेदार घर गयो, हामीलाई ८ गते बोलायो, ठेकेदार ७ गते नै घर गईसकेको रहेन छ । ठेकेदार नभेटिएपछि हामी बजार गयौँ, हामीले गल्ली नम्बर ५ मा साईकल राखेका थियौँ, बजारमा आन्दोलन चलेको थियो, हामीपनि हेर्न र आन्दोलनमै गऔँ । गल्ली ५बाट आन्दोलन बसपार्क भएर जिल्ला प्रशासन गईरहेको थियो । उतिबेला मानिस कमै थिए ।

गोली चल्नेबेला सन्नीपनि मसंगै थियो । ट्राफिक बाट पनि गोली चलायो । मेरो मोवाईल र साईकलको चापी पनि मैले दिएको थिए । मोवाईल फेसबुकमा हेरेर घटना भएको थाहा पाए, त्यहाँबाट म रुदै घर आए । संगैको सहकर्मी गुमाएका उमेशले निर्मलाका हत्यारालाई कार्बाही हुनुपर्छ । निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ बर्ष पुरा भएर ७ औँ बर्षमा प्रवेस गरेको छ १० साउन घरबाट साथी रोशनी बमको घरमा होमवर्की गर्छु भन्दै हिडेकी निर्मलाको भोलीपल्ट ११ साउन उखुबारीमा शव फेला परेको थियो । निर्मला हत्याकाण्ड भएको हालसम्म ६ बर्ष पुरा अर्थात ७३ महिनाका २ हजार २२० दिन पुरा हुँदा समेत वास्तविक बलात्कारी हत्यारा अझै पहिचान भएको छैन । यस विचमा ५ गृहमन्त्री, ५ आईजिपी, ८ डिआईजी र ९ एसपी परिर्वतन हुँदा पनि दोषिको अहिलेसम्म पहिचान भएका छैनन ।

उतिबेला केन्द्रीय अनुसन्धान ब्यूरोबाट आएका तत्तकालिन डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरी प्रमुख तत्तकालिन एसपी दिल्लीराज विष्ट नेतृत्वको अनुसन्धानले निर्मलाको हत्याकाण्डमा भीमदत्त नगरपालिका १९ बागफाँटाका दिलिप विष्टलाई सार्वजनिक गरिएको थियो । दिलिप विष्ट हत्यामा हुनै सक्दैन भनेर केही अधिकारकर्मी सहित उतिबेला काँग्रेस नेता कार्यकर्ताहरुले आन्दोलन चर्काएका थिए । निर्मलाको न्यायका लागि भन्दै होमिएको आन्दोलनमा सन्नी खुना बालकले ज्यान गुमाएका थिए, भने दर्जनौँ आन्दोलनकारी घाईते भएका थिए । उतिबेला सत्ता बाहिर रहेको काँग्रेसले संस्थागत एव नेता कार्यकर्ताहरुले पनि शसक्त रुपमा आन्दोलनमा होमिएका थिए । भने, अहिले काँग्रेस सरकारमा छ । चुपचापदेखि यसमा विषयम मुख समेत खोलेका छैनन ।

कञ्चनपुरका अधिकारकर्मीले गृहमन्त्री रमेश लेखकले उतिबेला आन्दोलनमा साथ सर्मथन दिएको र अहिले आफै गृहमन्त्री भएकाले निर्मलाले न्याय पाउने अपेक्षा राखेका छन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मला हत्याकाण्डको अनुसन्धान जारी रहेको जनाएको छ । हालसम्म ६५६ व्यक्तिमाथि अनुसन्धान भएको, ५९ जनासंग कागज गराएर १६४ जनाको डिएनए परीक्षण गरेको एक जनामाथि अहिलेपनि अनुसन्धान जारी रहेकोे जनाएको छ । निर्मला हत्या भएकै गृह जिल्ला, सोही निर्वाचन क्षेत्रबाट देशले गृहमन्त्री पाएकाले स्थानीयले अब पनि निर्मलाले न्याय पाउने आश बोलेका छन, अहिले पनि न्याय नपाए कहिल्यै नपाउने बताईरहेका छन ।

प्रतिक्रिया दिनुस