कञ्चनपुर । अखिल क्रान्तिकारी कृष्णपुर नगरको अध्यक्षमा उमेश चौधरी चयन भएका छन । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी कृष्णपुर नगरको दोस्रो सम्मेलनबाट अध्यक्षमा चौधरी चयन भएका हुन ।

सोमबार कृष्णपुरको गुलरियामा अखिल क्रान्तिकारी कृष्णपुर नगरको दोस्रो नगर सम्मेलनले सर्वसम्मत कमिटी चयन गरेको कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अखिल क्रान्तिकारी सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष सुरेश भट्टले बताए ।

उनका अनुसार उपाध्यक्षद्वय मान बहादुर चौधरी, आसा चौधरी, सचिव सुबास भट्ट, कोषाध्यक्ष अमृत थारु र सदस्यहरु ः आरएन ओझा, रोशन भट्ट, धनीराज भट्ट। अनिल राना, सन्देश बोहरा, डेनिश ओझा, महेश जोशी, हिमाल जोशी, अमृता चौधरी, सपना चौधरी, विपना चौधरी, स्मारिका चौधरी, सृजना चौधरी, संगिता चौधरी रहेका छन । कार्यक्रममा नेकपा माओवादी र अखिल क्रान्तिकारी कञ्चनपुरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस अघि बेदकोट, शुक्लाफाँटा र बेलौरी नगरमा सम्मेलन गरिएका छन ।

प्रतिक्रिया दिनुस