महेन्द्रनगर । कञ्चनपुरमा नेपाली काँग्रेसले नेपाली काँग्रेसका संस्थापक नेता पूर्व सभापति जननायक विश्वेश्वर प्रशाद कोईरालाको जयन्ती मनाईएको छ । काँग्रेसले विपिको सालिकमा माल्र्यापण महाकाली अस्पतालका बिरामीलाई फलफुल तथा विचार गोष्ठीका कार्यक्रम गरेर वरिष्ठ साहित्यकार सम्मान गरेको छ ।

नेपाली लेखक संघ कञ्चनपुरद्वारा १११ औं बीपी जयन्तीको अवसरमा रचना वाचन, विमर्श एवं स्रष्टा–सम्मान समारोह २०८१’ गरेको छ । सोमबार नेपाली लेखक संघ कञ्चनपुरले वरिष्ठ साहित्यकार भाउपन्थी (तिलक प्रसाद शर्मा), भवानी दत्त चटौत शास्त्री ‘भूषण’, कृष्णदत्त चटौत ‘कान्त’, काशीदत्त भट्ट शास्त्री, दीननाथ बराल ‘ममनिरधि÷निर्मल’, ऋषिराज लुम्साली, वीर बहादुर चन्द ‘विश्राम’, डा. टेक राज पन्त र नारा जोशी सम्मानित भएका छन् । नेपाली लेखक संघ कञ्चनपुरका अध्यक्ष श्याम सुन्दर ढकालको अध्यक्षता र नेपाल सरकारका पूर्व राज्य मन्त्री चन्द्रसिंह भट्टराईको प्रमुख अतिथीमा कार्यक्रम भएको हो ।

नेपाली लेखक संघ कञ्चनपुरका अध्यक्ष ढकालले आगामी समयमा साहित्य एवं विविध क्षेत्रका अन्य महानुभावलाई समेत सम्मानित गर्ने कार्यलाई निरन्तरता दिने योजना रहेको बताए ।बिशिष्ठ अतिथी भीमदत्त नगरपालिका नगर प्रमुख पदम बोगटी मदन पुरस्कार प्राप्त साहित्यकार रामलाल जोशी, विपीको अनुसनधानकर्ता शंकर तिवारी रहेका थिए ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी नेपाली साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका थिए । बिपी स्मृति दिवसका अवसरमा कांग्रेस, प्रगतिशिल लेखक संघका प्रदेश अध्यक्ष रमेश पन्त, जगदिश ओझा, लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुस