कञ्चनपुर । आचार्य कृष्ण दमाईले आफु अध्ययन गरेको विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन । आचार्य दमाईले माध्यामिक शिक्षासम्म अध्ययन गरेको भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित बैजनाथ माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका हुन ।

शिशुदेखि कक्षा १० सम्म अध्ययन गरेको विद्यालयका अति पाँच विद्यार्थीलाई आचार्य दमाईले विद्यालय पोषाकदेखि अन्य सबै विद्यार्थीलाई शैक्षिक समाग्री वितरण गरेका छन ।

मंगलबार एक कार्यक्रमका विच आचार्य दमाईले आफुले कखरा अध्ययन गरेको विद्यालयका विद्यार्थीलाई पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका हुन । अति विपन्न विद्यार्थी कक्षा ५ का कौसल सुनार, कक्षा ६का मिना धामी, रविन सुनार, कक्षा ९ का गोपाल विक र भरत रैकाललाई एक एक जोर विद्यालय पोषाकदेखि शैक्षिक समाग्री वितरण गरेका छन । विद्यालयका सबै विद्यार्थीलाई कापी, कलम, पेन्सिन वितरण गरेका छन ।

यसका साथै आचार्य दमाईले आफुलाई अध्ययन गराउने सबै शिक्षक, शिक्षिक, विद्यालय कर्मचारी, व्यवस्थापन समितिका पदाधिकारीलाई दोसल्ला ओढाएर कलम दिदै सम्मान गरेका थिए । विद्यालयले पनि आचार्य दमाईलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । विद्यालयलाई भगवान गौतम बुद्धको मूर्ति, धार्मिक पुस्तक समेत हस्तान्तरण गरेका छन ।

बैजनाथ विद्यालयका प्रद्यानाध्यापक मदन बहादुर विष्टले ०६४ सालमा एसएलसी विद्यालय टपर विद्यार्थी कृष्ण आचार्यले विद्यालयको राष्ट्र, अन्र्तराष्ट्रिय स्तरमा छवि कमाएको बताए । प्रअ विष्टले शिशुदेखि कक्षा १० सम्म आचार्य कृष्ण दमाई पहिल्यैदेखि मेहनती, ईमान्दार एव कर्तव्यनिष्ट विद्यार्थी भएको बताए । बैजनाथ माध्यामिक विद्यालयका अध्यक्ष मान बहादुर विष्टले मानिस जातले नभई ज्ञानले ठुलो बनाउने बताए । आचार्य कृष्ण दमाईले आफ्नो विगतमा विपन्न अवस्था भएकाले विद्यालय, शिक्षक गुरुहरुको सहयोग, सदभाव, आर्शिवादले यहाँसम्म पुगेको बताए । विद्यालयको भूमिमा ढोक्दै आफुले (कखरा) अध्ययन गरेको विद्यालयका सम्पूर्ण गुरुहरुप्रति आभार प्रकट गर्दै विद्यालयको बृद्धि विकासका लागि सहयोगको प्रतिबद्धता जाहेर गरेका छन । आचार्य कृष्ण दमाईले दलित समुदायबाट संस्कृति विषयमा पहिलो आचार्य उर्तिण गरेका छन । महेन्द्रनगरबाट प्रकासित हुने नयाँ जनक्रान्ति नेपाली दैनिकका पत्रकार समेत रहेका आचार्यले गत साउन पशुपतिमा लागेको कोटिहोममा ब्याँसाचार्यमा बसेर प्रबचन दिएका थिए ।

प्रतिक्रिया दिनुस