कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम भएको छ । आइतबार गाँउपालिकाको आयोजना र बेलौरी अनलाईनको सहजिकरणमा सार्वजनिक सुनुवाई भएको हो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा गत आर्थिक बर्ष ०८०÷०८१को बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै लालझाडी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर सार्कीले गाँउपालिकाको लक्ष्य भन्दा आन्तरिक आम्दानी बृद्धि भएको बताए । उनले खोलानाला ठेक्का लगाउँदा आन्तरिक आयमा पनि बृद्धि भएर १करोड २९लाख रुपैया जम्मा भएको बताए ।

प्रमुख प्रशासकीय अधिकृत सार्कीले ८२.८९प्रतिशत वित्तिय प्रगति भएको बताए । कुल ४४करोड, ५०लाख बजेट बाट झण्डै ३७करोड, ५लाख खर्च भएको बताए । उनले प्रमुख प्रशासकीय अधिकृत गाँउपालिका अध्यक्षविच कार्यसम्पादन सम्झौता अनुरुप वित्तिय प्रगति पनि भएको बताए । न्यूनतम स्रोत साधनका विच अधितक काम गर्नुपर्ने बाध्यता रहेको भन्दै त्यसका बाबजुतपनि सुशासनदेखि विकास निर्माणका योजना सन्तोषजनक सम्पन्न भएको बताए । कार्यक्रममा उपप्रमुख सपना राना(चौधरी)ले स्वागत मन्तव्य राख्दै महिला क्षेत्रमा कामकाज भईरहेको बताईन ।

स्थानीयहरुले उपस्थिति नै कम भएकाले आगामी दिनमा नागरिकको उपस्थिति बृद्धिका साथै गाँउपालिकाले सडक, कृषि, पर्यटन बृद्धि विकासका जोडदिए । कार्यक्रममा नागरिकले सोधेका प्रशनको जवाफ दिर्दै लालझाडी गाँउपालिका अध्यक्ष निर्मल रानाले स्थानीय सरकार संचालन ऐन ०७४ अनुरुप पालिकाबाट विभिन्न विकास निर्माणका कामकाज अघि बढाएको बताए ।

उनले सडक, तटबन्ध, कृषि, शिक्षा , स्वास्थ्य लगायतका समाजिक बृद्धि विकासमा क्षेत्रमा काम गरेको बताए । उनले सामुदायिक वनले पालिकाले १०प्रतिशत रकम बुझाउन आनाकानी गरिरहेको भन्दै कडाई गरिने बताए । बेलौरी अनलाईनका संचालक माधव पौडेल र पत्रकार अवस्थीले कार्यक्रम सजिकरण गरेका थिए । कार्यक्रममा जनप्रतिनिधी, राजनीतिक दल, कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस