कञ्चनपुर । आज(सोमबार)देखि महेन्द्रनगरमा नेकपा एमाले कञ्चनपुरले नेता कार्यकर्ताहरुलाई प्रशिक्षण दिन लागेको छ । एमाले कञ्चनपुरले महेन्द्रनगरको सिद्धार्थ होटलमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण दिन लागेको हो ।

एमाले कञ्चनपुरका सचिवालय सदस्य अक्कल बहादुर विष्टले उक्त कार्यक्रमको तयारी पुरा भएर केही बेरमै उद्घाटन हुने बताए । उद्घाटनका लागि एमाले उपमहासचिव तथा पुर्वपरराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्ने कार्यक्रम रहेको छ । तीनदिनसम्म संचालन हुने तालिममा जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता हुनेछ ।

प्रतिक्रिया दिनुस