रमेश प्रशाद भट्ट 

कञ्चनपुर । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिक सिफारिस अनलाईनबाटै गर्ने तयारी अघि बढाएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नागरिकता सेवाका लागि अब वडा कार्यालयबाट अनलाईन सिफारिस गर्ने तयारी अघि बढाएको हो ।

कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले नागरिकता बनाउनका लागि अब अनलाईनबाटै सिफारिसको तयारी भईरहेको बताए । ‘अनलाईनबाटै नागरिक सिफारिसको हामीले जिल्लाका सबै वडा कार्यालय तिनका कर्मचारीसंग छलफल गरिसकेका छौँ, ‘आवश्यक प्राविधिक विषयमा पनि हामीले पहिलो चरणमा गरिसकेका छौँ, केही दिनमै अनलाईन सिफारिस कार्यान्वयन गछौँ ।’ अनलाईन सिफारिससंगै पेपरलेश सेवा शुचारुले झन्झन हट्नेछ ।

यसैविच कञ्चनपुरमा झण्डै २लाखले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेका छन । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रशाद सापकोटाले हालसम्म २लाख नागरिकले राष्ट्रिय परिचय पत्रका लागि फारम भरेको बताए । ‘०७९ कार्तिकसम्म निवेदन दिएका सबैको परिचय पत्र आईसकेको छ, ‘प्रजिअ सापकोटाले भने, ‘अहिले १लाख ७८ हजार परिचय पत्र आईसकेका छन ।’

जिल्लाका स्थानीय तहमा निवेदन दिएका ८३ हजार र प्रशासनमा झण्डै १५ हजार परिचय पत्र वितरण गर्न बाँकी रहेका छन । समाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परीचय पत्र अनिवार्य गरेपछि गत जेठ, असार, साउनमा सेवाग्राहीको चाप थियो । समाजिक सुरक्षा भत्ता सहित अन्य सरकारी सेवाका लागि सर्वोच्चले राष्ट्रिय परिचय पत्र अनिवार्य नगरेपछि नयाँ परिचय पत्र र परिचय पत्र बनाएका सेवाग्राही उत्साहित भएर नआएको उनले बताए । भिडभाँड बढेपछि जनशक्ति थपेर पालिका स्तरबाटै फारम संकलन गरिन लागिएको छ । पुनर्वास, कृष्णपुर, बेलौरी, बेलडाँडी, शुक्लाफाँटा नगरबाट अनलाईन फारम संकलन र वितरण गरिन लागिएको छ । प्रजिअ सापकोटाले राष्ट्रिय पञ्जिकरण विभागबाट खटिएका अपरेटरबाट मंगलबार प्रतिबद्धता लिएका छन । मंगलबार उनीहरुलाई कार्यकक्षमा बोलाएर यथाशिघ्र परिचय पत्रवितरण गर्न निर्देशन दिएका छन । राष्ट्रिय पञ्जिकरण विभागबाट खटिएका अपेरेटहरुले यसै महिना भित्रै परिचय पत्र वितरण गर्ने प्रतिबद्धता जाहेर गरेका छन । पालिका र प्रशासनबाट परिचय पत्र वितरण हुने भएकाले सेवाग्राहीले समयमै आएर बुझ्न समेत आब्हान गरेका

छन ।

 

प्रतिक्रिया दिनुस