शुनिल राना
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको भीमदत्त नगर एक औद्योगिक क्षेत्रमा रिक्सा उत्पादन गर्ने उद्योग संचालनमा आएको छ । भीमदत्त नगरपालिका ५ बनखेतमा औद्योगिक क्षेत्रमा ईलेक्ट्रोनिक रिक्सा उत्पादन गर्ने उद्योग संचालनमा आएको हो । औद्योगिक क्षेत्रमा बसोबासका लागि घर भरिभराउ भएको अवस्थामा आग्री दाम्पतीद्वय दिवान सिह आग्री,कल्पना आग्रीले सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योग संचालनमा ल्याएका हुन ।
आग्री दाम्पत्तीले संचालनमा ल्याएको उत्तर उद्योगमा ईलेक्ट्रोनिक रिक्सा उत्पादन हुनेछन । मंगलबार विश्वकर्मा पुजाका दिन एक कार्यक्रमका विच भीमदत्त नगरका मेयर पदम बोगटीले उक्त रिक्सा उद्योगको उद्घाटन गर्दै औद्योगिक क्षेत्रमा उद्योग शुरुवात भएको बताए । मेयर बोगटीले औद्योगिक क्षेत्र छुट्याएको क्षेत्रमा अहिले घरैघर निर्माण भएकाले आग्री दाम्पतीले संचालन गरेको ईलेक्ट्रोनिक रिक्साले उद्योगको रुप लिन शुरुवात गरेको बताए ।
मेयर बोगटीले रिक्सा उद्योग प्रर्बद्धनका लागि स्थानीय सरकारले सहयोग गर्ने बचन दिएका छन । सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगका प्रबन्ध निर्देशक दिवान आग्रीले भारत सहितका जिल्ला बाहिरबाट पार्टहरु ल्याएर आफ्नै डिजायनमा रिक्सा निर्माण गरेर बजारमा ल्याएको बताए । ‘हामीले ईलेक्ट्रोनिक रिक्साका विभिन्न पार्टसहरु बाह्यबाट ल्याउँछौँ, ‘उनले भने, ‘यहाँ आफ्नै डिजायनमा रिक्सा निर्माण गरेका छौँ ।’
उनले भारतबाट निर्माण भएको रिक्सा खरिद गर्दा सस्तो र पार्टहरु ल्याएर नेपालमा नयाँ रिक्सा निर्माण गर्दा झन महङगो पर्ने भएकाले त्यसतर्फ सरकारले सोच्नुपर्नेमा जोडदिए । उद्योगमा ईलेक्ट्रोनिक रिक्साका विभिन्न प्रकार उत्पादन भईरहेको बताउँदै उनले समान ओसार्ने रिक्सा पनि बनाईने बताए । अहिले उद्योगमा ११ जनालाई रोजगारी दिएको निकट भविष्यमा सय जनालाई रोजगारी दिने लक्ष्य रहेको उनले बताए ।
उद्घाटनकै दिन बेदकोट नगरका स्थानीय भुपेन्द्र भण्डारीले एक रिक्सा खरिद गरेका छन । भुपेन्द्र भण्डारीले आफ्नै स्वदेशमा उत्पादन भएको रिक्सा खरिद गरेको बताए । उनले झण्डै २लाख ३५ हजार मुल्यमा रिक्सा खरिद गरेको बताए । ‘स्वदेशमै निर्माण भएको रिक्सा खरिद गरेर हामी जस्ता बेरोजगार युवा स्वरोजगार बन्न खोजेका छौँ, ‘उनले भने, ‘भावि दिनमा अन्य युवाहरुलाई पनि यस तर्फ आर्कषण गराउँछौँ ।’
कार्यक्रममा उद्योगका संचालिका अल्पना आग्री, प्राविधिक शकर चुनारा, एनआई बैंक शाखा महेन्द्रनगरका प्रबन्धक सुरेन्द्र प्रशाद भट्ट, ऋण अधिकृत किसनसिह धामीलाई दोसल्ला खादा ओढाएर सम्मान गरिएको छ । उक्त उद्योग स्थापनासंगै यस क्षेत्रको रोजगारीदेखिका कार्यक्रममा प्रर्बद्धन हुने स्थानीयले बताएका छन । भीमदत्त नगरका स्थानीय अगुवात्रय बलदेव अवस्थी, राजेन्द्र चुनारा, गणेश बहादुर चन्दले स्वदेशमै ईलेक्ट्रोनिक रिक्सा उद्योग स्थापनाले थप रोजगारीका कार्यक्रम प्रर्बद्धन हुने बताएका छन ।
उनीहरुले औद्योगिक क्षेत्रमा बल्ल उद्योग खुल्न लागेको अनुभूती भएको बताउँदै सम्भवत जिल्ला र सुदुरपश्चिममै पहिलो नयाँ रिक्सा उद्योग संचालनमा आएको छन । सिद्धनाथ ईलेक्ट्रोनिक रिक्सा उद्योगकी सचालिक कल्पना आग्रीले महिलाहरुले समेत उद्यमी बन्नुपर्ने भएकाले ईलेक्ट्रोनिक रिक्सा उद्योग व्यवसाय संचालन गरेको बताईन । उनले आगामी दिनमा थप उद्योगको सेवा विस्तार गर्ने बताईन । उद्योग स्थापनासंगै स्वरोजगारका लागि युवाहरुले सहजै आफ्नै शहर,जिल्लाबाटै रिक्सा खरिन गर्न सक्ने भएका छन ।