भीमदत्त नगरपालिका वडा नं १६ मा रहेको प्रभात विद्या निकेतन माध्यमिक विद्यालयमा बाल क्लब गठन गरिएको छ। विद्यालयका प्रधानाध्यापक डा. शंकर दत्त भट्टको संयोजकत्वमा बसेको भेलाले महेश भट्टको नेतृत्वमा २१ सदस्यीय प्रभात बाल क्लब गठन गरिएको विद्यालयका सह- प्रधानाध्यापक पाण्डेले बताउनु भयो।

उक्त क्लबको उपाध्यक्षमा आयुसा पाल सचिवमा अंशु शाही रहेका छन् । नव गठित बाल क्लबले शिक्षा दिवसको उपलक्ष्यमा हाजिरी जवाफ प्रतियोगिता आयोजना समेत गरेको छ । लागूपदार्थ र दुर्व्यसन विरूद्ध विभिन्न कार्यक्रम गरिने क्लबका अध्यक्ष भट्टले बताए ।

यसैगरी विद्यालयले राष्ट्रिय शिक्षा दिवस समेत विभिन्न कार्यक्रमको आयोजना गरि भव्यता पूर्वक मनाएको छ। राष्ट्रिय शिक्षा दिवसका अवसरमा तहगत रूपमा हाजिरी जवाफ, चित्रकला प्रतियोगिता तथा सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ।

विद्यालयमा अध्ययनरत बालबालिकाको आन्तरिक प्रतिभा बाहिर ल्याउने उद्देश्यले अतिरिक्त क्रियाकलापहरूलाई विभिन्न दिवसहरूसँग जोडेर कार्यक्रम आयोजना गरिदै आएको कुरा सह- प्रधानाध्यापक पाण्डेले बताउनु भयो। सामुदायिक विद्यालय मध्ये प्रभात विद्या निकेतन कञ्चनपुरकै उत्कृष्ट विद्यालयका रूपमा परिचित रहेको छ ।

प्रतिक्रिया दिनुस