धनसिंह धामी

कञ्चनपुरको महेन्द्रनगरमा एक ईन्स्याेरेन्स कम्पनिले खाध्य तथा लुगाकपडा वितरण गरेकाे छ ।

 

बिहिबार भिमदत्त-५ बनखेत स्थित महिला तथा बृद्ध सेवा केन्द्रमा सन नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औं वार्षिकोत्सवको उपलक्ष्यमा खाध्यान्न तथा लुगाकपडा वितरण गरेकाे हाे ।

 

धनगढी शाखा प्रमुख याेगेन्द्र बिक्रम अधिकारीको आतिथ्यमा महेन्द्रनगर शाखा प्रमुख बिबेकानन्द पाण्डेय लगायत कर्मचारीहरुकाे सहकार्यमा उक्त राहत सामग्री वितरण गरीएको थियो।

 

कम्पनीको स्थापन प्रत्येक असाेज ०६ गते पर्न जाने बार्षिकोत्सवलाई १ गते देखी नै बिभिन्न सामाजिक क्षेत्रमा यस्तै कार्यक्रम सञ्चालन गर्ने क्रममा ०६ गते धनगढी शाखा मा बृहत कार्यक्रमका साथ मनाईने प्रमुख आतिथि अधिकारीले जानकारी दिएका छन्।‌

 

महेन्द्रनगर शाखा प्रमुख पाण्डेले कम्पनीले नाफा मुलक भएर मात्रै काम नगरी सामाजिक उत्तरदायित्व वहन गर्ने गरी काम गरीरहेको बताएका छन ।

प्रतिक्रिया दिनुस