कञ्चनपुर । होटल व्यवसायी संघ कञ्चनपुरले फरकशैलीमा संविधान दिवस मनाईएको छ । होटल व्यवसायी संघ कञ्चनपुरले बिहीबार अनाथ बालबालिकहरुलाई खाना खुवाएर संविधान दिवस मनाएको हो ।

होटल व्यवसायी संघ कञ्चनपुरका अध्यक्ष रामचन्द्र रेग्मीले भीमदत्त नगरपालिका ४ महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकाहरुलाई खाना खुवाएको बताए ।

अध्यक्ष रेग्मीले अनाथ बालबालिकाहरुलाई पनि संविधान बारे जानकारी एव समाजिक सेवाका लागि दिवस मनाएको बताए । अध्यक्ष रेग्मीले बालबालिकालाई खान खानका लागि ३०थान थाली सहित एकदिन बालबालिकाहरुसंगै खाना खाएको बताए ।

कार्यक्रममा होटल व्यवसायी संघ कञ्चनपुरका निर्वतमान अध्यक्ष जगदिशचन्द्र भट्टले अनाथ बालबालिकाहरुलाई पनि संविधान दिवसमा खुसियाली मनाएको बताए । समाजकल्याण बाल अनाथालयका उपाध्यक्ष हिरा चन्दले अनाथ बालबालिकाहरुको अवस्था दयनिय भएकाले राज्यले हेनुपर्नेमा जोडदिए ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले नेपालको उत्कृष्ट संविधान भएको बताए । होटल व्यवसायी संघ कञ्चनपुरका महासचिव नवराज जोशीले संचालन गरेको कार्यक्रममा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस