लालझाडी । कञ्चनपुरको लालझाडी गाँउपालिकामा रहेको एक निजी विद्यालयले संविधान दिवसको अवसरमा विवित कार्यक्रम गरेको छ ।

लालझाडीगाउँपालिका(०४ जाई पर्सियामा रहेको भृकुटी इंग्लिश बोर्डिङ्ग स्कुलको आयोजनामा संविधान दिवसको अवसरमा विवध कार्यक्रम गरि मनाईएको हो ।

बिहीबार भृकुटी इंग्लिश बोर्डिङ्ग स्कुलको आयोजनामा साँस्कृतिक तथा वादविवाद प्रतियोगिता मनाई भब्यताका साथ मनाएको जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने कक्षा ८ का कलावती राना, द्वितीय कक्षा ८ का सुस्मिता चौधरी र तृतीय कक्षा ७ का दिक्षान्त राना भएका थिए । नेपालको संविधान २०७२ असोज ३ गते जारी जारी भएको दिन अर्थात संविधान दिवसको पावन अवसरमा साँस्कृतिक तथा वादविवाद प्रतियोगिता गरी मनाएको भृकुटी ईंगलिस बोर्डिङ्ग स्कुलका एमडि भक्ता रानाले बताए ।

भृकुटी इंग्लिश बोर्डिङ्ग स्कुलको आयोजनामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शान्ति रानाको अध्यक्षता र प्रमुख अतिथी लालझाडी गाउँपालिका(३ का वडा सदस्य मोहन बडायक रहेका थिए । त्यसैगरी विशिष्ट अतिथी नेकपा एमाले गाउँकमिटी अध्यक्ष ओम प्रकाश राना, बागवाणी सामुदायिक वनका अध्यक्ष मिन बहादुर चौधरी रहेका थिए । कार्यक्रमको सञ्चालन स्कुलका शिक्षक टेकेन्द्र भट्टले गरेको कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस