कञ्चनपुर । नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन सुप प्रदेश सरकारले ल्याएको बजेटमा सत्ताधारीकै नेता कार्यकर्ता रुष्ट भएका छन । काँग्रेस र नेकपा एमालेको गठबन्धन सुप प्रदेश सरकारले ल्याएको बजेटमा सत्ताधारीकै नेता कार्यकर्ता रुष्ट भएका हुन ।
अघिल्लो नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेकपा एमालेकै गठबन्धन सरकारले बजेट ल्याएको थियो । तर उक्त बजेटमा काँग्रेस, एमाले गठबन्धन सरकारले असन्तुष्ट नभएपछि एकै आर्थिक बर्षमा दुई दुई पटक बजेट ल्याएका छन ।
उतिबेला एमाले सांसद सुरेन्द्र पाल आर्थिक मामिलामन्त्री हुँदा ल्याएको बजेटमा स्वयम एमाले पनि अहिले काँग्रेस नेतृत्वको गठबन्धन सरकारमा सहभागि भएर नयाँ बजेट ल्याएको छ । नयाँ बजेटमा पनि काँग्रेस, एमालेका जिल्लाका नेता कार्यकर्ताहरु रुष्ट भएका छन ।
दिर्घ सोडारी नेतृत्वको अधिल्लो सरकारले ल्याएको बजेटमा अहिलेको कमल शाह नेतृत्वको सरकारले बजेट कटौती गरेको भन्दै चौतर्फि असन्तुष्टी भईरहेको छ । उतिबेला सुरेन्द्र पाल आर्थिक मामिलामन्त्री हुँदा समावेसी बजेट आएको र अहिले बहादुर सिह थापा अर्थमन्त्री हुँदा सबै योजना काटिएको भन्दै सत्ताधारीकै नेता कार्यकर्ताहरु रुष्ट भएका छन । एमाले कञ्चनपुर निर्वाचन क्षेत्र २(ख)का नेता कार्यकर्ताहरु बर्तमान सुप प्रदेश सरकार अर्थमन्त्री बहादुर सिह थापासंग चरम रुष्ट भएका हुन ।
नेकपा एमाले बेदकोट नगरका युवा नेता प्रविन बोगटीले आफ्नै निर्वाचन क्षेत्रमा रहेका विद्यालयको अहिलेका अर्थमन्त्री बहादुर सिह थापाले बजेट कटौती गरेको भन्दै दुख व्यक्त गरेका छन ।
बेदकोट नपा ६ सिसैयाको भुवनेश्वरीका अध्यक्ष समेत रहेका एमाले युवा नेता बोगटीले सुरेन्द्र पाल अर्थमन्त्री र सरल भाट सामाजिक विकासमन्त्री हुदा उनीहरुकै पहलमा विनियोजन गरिएको बजेट कटौती गरेको भन्दै आपत्ति जनाएका छन ।
‘तपाईकै निर्वाचन क्षेत्रमा पर्ने सामुदायिक विद्यालयको बजेट कटौति गरे वाफत भुवनेश्वरि माबि सिसैयामा अध्ययन गर्ने एक हजार विद्यार्थी र अभिभावकहरुले तपाईलाई प्रश्न गर्नेछन यस्तो बिभेदकारी र पुर्वाग्रहि पुर्ण व्यवहार सह्य हुदैन त्यसको पैचो हामी तिर्नेछौँ ।’ भन्दै प्रशन गरेका छन ।