कञ्चनपुर । सरकारबाट शिक्षा पुरस्कार पाएका शान्ति निकेतन माध्यामिक विद्यालयका प्रद्यानाध्यापक(हेडसर) पुष्पराज ओझालाई सम्मान गरिएको छ । भीमदत्त नगरपालिका ६ऐठपुर स्थित शान्ति निकेतन माविका प्रद्यानाध्यापक ओझालाई विद्यालयमा सम्मान गरिएको हो ।

प्रअ ओझालाई विद्यालयमा शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावकले अबिर, मालाखादा लगाएर सम्मान गरेका छन । माध्यामिक तहका शिक्षक ओझालाई १२औँ राष्ट्रिय विज्ञान दिवसको अवसरमा शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले प्रादेशिक शिक्षक पुरस्कार दिएको थियो ।

प्रतिक्रिया दिनुस