कञ्चनपुर । कञ्चनपुरको एक सामुदायिक विद्यालयले आउँदो शुक्रबारदेखि ‘बुक फ्रि डे’ कार्यक्रम गर्ने भएको छ । भीमदत्त नगरपालिका १९ बागफाँटाको लक्ष्मी माध्यामिक विद्यालयले ११ भदौँ शुक्रबारदेखि ‘बुक फ्रि डे’ कार्यक्रम गर्ने भएको हो ।

लक्ष्मी माविका प्रद्यानाध्यापक प्रमानन्द नाथले नयाँ अभ्यासको शुरुवात गरिने बताए । प्रअ नाथका अनुसार नियमित कक्षा संचालनका भन्दा हाजिरीजवाफ, हस्तलेखन, चित्रकला, निबन्ध लेखन, खेलकुद योग शिक्षा, मनोसमाजिक परामर्स, जनचेतनामुलक नाटक, ट्राफिक शिक्षा, श्रृति खेलन, परियोजना कार्यक्तम एव साँस्कृतिक कार्यक्रम गरिनेछ ।

पछिल्ला दिनहरुमा लक्ष्मी माविले शैक्षिक स्तरबृद्धि गरिरहेको स्वयम अभिभावकले समेत अनुभुति गर्न लागेका छन । सरकारले पनि शुक्रबार विद्यार्थीलाई किताब रहित दिवस मनाउने नीति अघि सारेको छ । यसैविच उक्त विद्यालयमा भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, नगर शिक्षा समिति सदस्य डबल बहादुर विष्ट, रमा पन्तले विद्यालयको अनुगमन गरेका छन ।

प्रतिक्रिया दिनुस