पहिलाद राना÷धनसिह धामी

कञ्चनपुरकोे कृष्णपुर नगरपालिकामा रहेको एक सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

कृष्णपुर नगरपालिका ४को समैजी सामुदायिक वन उपभोक्ता समुहको १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा वन सरक्षणमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै बन हेराला मोहन बहादुर थापालाई नगद ५ हजार सहित प्रमाण पत्र खादा ओढाएर सम्मान गरिएको छ ।

सामुदायिक वनकी कोषाध्यक्ष ज्योती रानाले आर्थिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै २९लाख, ५५ हजार, ६२७ बराबरको बजेट प्रस्तुत गरेकी छिन ।

कञ्चन बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष सुरेशराज धित्तले विद्यालय बस संचालनको माग अघि सारेर ज्ञापन पत्र बुझाएका छन ।

कार्यक्रमको अध्यक्षता ग्रहण समेत रहेका सामुदायिक वनका अध्यक्ष हजारी सिह भाटले सामुदायिक वनबाट थुप्रै सरक्षणका कामकाज भएको बताएका छन । अध्यक्ष भाटले सामुदायिक वनबाट सिस्ने सरक्षण क्षेत्र सरक्षित गर्दै पर्यावरणका साथै उपभोक्तालाई घाँस,दाउरा उपलब्ध गराएको बताए ।

सामुदायिक वनको प्रयासले सिस्ने सिमसार व्यवस्थापनदेखि जैविक विविधता सरक्षणमा टेवा पुगेको दावि गरेका छन । कार्यक्तमकी प्रमुख अतिथि समेत रहेकी कृष्णपुर नगरपालिका उपप्रमुख द्रोपती रानाले समैजी सामुदायिक वनले पर्यावरण सरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रसंसा गरेकी छिन ।

उपप्रमुख रानाले आगामी दिनमा समेत वन, पर्यावरण सरक्षणमा वनको ध्यानाकर्षण गराएकी छिन । समैजी सामुदायिक वनका लेखा सयाेजक तथा सामुदायिक वन समन्वय समिति उपाध्यक्ष नरेश भट्ट(निर्मल)ले संचालन गरेको कार्यक्रममा सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस