कञ्चनपुर । दशैँ, तिहार नजिकिएसंगै गाँउघरदेखि शहरबजारसम्म गैर कानुनी रुपमा जुवातास भईरहेका छन । कञ्चनपुरका पनि विभिन्न स्थानबाट प्रहरीले जुवाखालबाटै जुहाडे पक्राउ गर्न थालेको छ । गयराती मात्रै प्रहरीले भीमदत्त नगरपालिका १४ बनकट्टी एक बाँझो कुखुरा फर्मभित्र जुवा खेलिरहेका १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले बनकट्टीका स्थानीय अमर सिह कुँवरको बाँझो खुकुरा फर्मभित्र जुवाखेलिरहेको अवस्थामा तासको गड्डी, नगद र १२ जना जुवाडेलाई पक्राउ गरिएको बताए । प्रवक्ता जोशीका अनुसार जुवाखालबाट ५६ खुलापत्ती तास, १ लाख, ६ हजार ४७० रुपैया समेत बरामद गरिएको छ ।

पक्राउ पर्नेमा भीनपा १४ बनकट्टीका राजेन्द्र खाती, बसन्त कुँवर, गोरख कुँवर, रोशन विष्ट, शेर बहादुर कुँवर, भीनपा ३ जगत धामी, भीनपा २ का राजेन्द्र तिवारी, भीनपा ७ का गौतम विष्ट, शुक्लाफाँटा ३ का दिपक बोहरा, धनगढी २पदम भाट र गौरीगंगा ४का जगत बहादुर धामीलाई पक्राउ गरिएको छ ।

प्रहरीले उनीहरुमाथि जुवा ऐन अनुरुप कार्बाही अघि बढाएको छ । यस अघि पनि कञ्चनपुर प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जुवाखालबाटै नगद, तास सहित जुवाडी पक्राउ गरेको थियो । प्रहरीले गैर कानुनी रुपमा दशैँ ,तिहार भन्दै जुवातास खेल्ने काम नगर्न आग्रह गरेको छ ।

युवासंग पैशा छैन, देशमा आर्थिक संकट भनेपनि जुवा खालबाट लाखौँ रकम बरामदले नागरिक अचम्मित भएका छन । कञ्चनपुरका एसपी चक्रराज जोशीले जुवातास बिरुद्धमा प्रहरीको निरन्तर एक्सनमा उत्रिने बताउँदै आएका थिए ।

कञ्चनपुर प्रहरीको कमाण्ड सम्हालेका एसपी जोशीले जुवातास बिरुद्धमा प्रहरी निरन्तर कार्बाहीमा उत्रिने चेतावनी दिए । कञ्चनपुर प्रहरीले जुवाखालमाथि एक्सन गर्न थालेपछि जुहाडेको भागाभाग विचल्ली भएको छ । होटलमा हुने जुवा अहिले कुखुराका बाँझा खोरमा भईरहेका छन । स्थानीयले समेत निरन्तर एक्सनमा उत्रिनुपर्नेमा जोडदिएका छन ।

प्रतिक्रिया दिनुस