कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाँउपालिका एक निजी विद्यालयले आचार्य कृष्ण दमाईलाई सम्मान गरेको छ । लालझाडी गाँउपालिका ४ जाई पर्सियामा रहेको भृकुटी ईङलिस बोडिङ्ग स्कुलले आचार्य दमाईलाई सम्मान गरेको हो ।

दलित समुदायबाट संस्कृत विषयमा नेपालमै पहिलो आचार्य गरेका दमाईको मेहनतको उच्च कदर गर्दै विद्यालयले सम्मान गरेको जनाएको छ ।

दशैँ, तिहार एव छठको अवसरमा विद्यालयले शुक्रबार एक कार्यक्रमका विच आचार्य दमाईलाई सम्मान गरिएको विद्यालयका संस्थापक एव कार्यकारी निर्देशक भक्ता रानाले बताए । रानाले विछडीको दलित समुदायको प्रेरणाका लागि सम्मान गरिएको बताए । आचार्य दमाईलाई दोसल्लाका साथै दक्षिणा दिएर सम्मान गरिएको छ । भृकुटी ईङलिस बोडिङ्गका प्रिन्सिपल रामजती रानाले दलित समुदायबाट कडा मेहनतका साथ उच्च शिक्षा हासिल गरेका आचार्य कृष्ण दमाईको सम्मानका साथै दलित विपन्न समुदायका बालबालिकालाई अध्ययनप्रति थप उत्प्रेरणा जगाउने उदेश्यका साथ विद्यालयमै बोलाएर सम्मान गरिएको बताए । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, दलित समुदायका अगुवा एव विद्यार्थीको सहभागिता रहेको थियो । ग्रामिण भेगको विद्यालयले न्यानो माया दिएको भन्दै आचार्य कृष्ण दमाईले भृकुटी ईङलिस बोडिङ्ग स्कुलप्रति आभार प्रकट गरेका छन । यस अघि सुप प्रदेशको धनगढी उपमहानगरपालिका र बेलडाँडी गाँउपालिकाले नगद सहित आचार्य दमाईलाई सम्मान गरेको थियो । कञ्चनपुरमा राष्ट्रिय मुक्ति हलिया समाज, कैलालीका दलित समुदाय लगायतले आचार्य दमाईलाई सम्मान गरेका छन । कञ्चनपुरका केही दलित अगुवाहरुले केही दलित समुदायका नाममा ठुलठुला मुद्दा उठान गर्ने, डलर भित्र्राउने अधकिारका कुरा गर्नेहरुले आचार्य दमाईप्रति उपेक्षा गरेको टिकाटिप्पण गर्दैै आएका छन ।

प्रतिक्रिया दिनुस