धनसिह धामी 

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका १ श्रीपुर दोमिल्लामा रहेको एक सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका विच कृष्णपुर नगरपालिका १ श्रीपुर दोमिल्लामा रहेको ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुहको २२ औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा सामुदायिक वनका कोषाध्यक्ष देवकी भट्टले आर्थिक प्रतिवेदन प्रंस्तुत गर्दै झण्डै ३० लाख बराबरको आयव्यय भएको बताईन । कार्यालय सचिव दामोदर जोशीले चालु आर्थिक बर्ष ०८१÷०८२को अनुमाति आय व्ययको प्रतिवेदन प्रस्तुत गर्दै झण्डै १करोड २३ लाख, ९१ हजार ७७७रुपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका सामुदायिक वनका अध्यक्ष ईश्वर बुढाले बार्षिक प्रगति प्रतिवेदन प्रंस्तुत गर्दै सामुदायिक वनमा पर्यावरण सरक्षणका साथै उपभोक्ताका लागि आर्यआर्यजका कार्यक्तम ल्याएको बताए । अध्यक्ष बुढाले स्थानीय सरकारदेखि विभिन्न निकायसंग सहकार्य गरेर सामुदायिक वनका बृक्षारोपण, फलफुल लगायतको खेती गरिएको बताए । उक्त सामुदायिक वनकोे पहिल्यैदेखि अम्रेसो खेती गरिदै आएको छ । कार्यक्रममा वाणि सव डिभिजन वन कार्यालय प्रमुख हरि नारायण यादवले सामुदायिक वनले सरक्षणका कार्यक्रम गरेको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका कृष्णपुर नगरपालिका प्रमुख हेमराज ओझाले सामुदायिक वनमा स्थानीय सरकारले बेल,चिउरी, कागती लगायतका बिरुवा रोपिएको र आगामी दिनमा समेत सरक्षणका योजना ल्याउने बताए । ऐश्वर्य सामुदायिक वन उपभोक्ता समुहका सचिव लाल बहादुर धामीले संचालन गरेकोे कार्यक्रममा जनप्रतिनिधी, वनका कर्मचारी, पदाधिकारी सहितका उपभोक्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस