शुनिल राना

कञ्चनपुर ।  कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा आचार्य कृष्ण दमाईलाई सम्मान गरिएको छ । शनिबार दलित सशक्तिकरण समाजले पुनर्वास नगरपालिका ११अमरबस्तीमा सम्मान गरिएको हो । दलित समुदायबाट संस्कृति विषयमा आचार्य गरेका दमाईलाई सम्मान गरिएको छ । दलित सशक्तिकरण समाजका अध्यक्ष रामसिह विश्वकर्माले दलित समुदायका विद्यार्थी दमाईले नेपाल संस्कृति विश्वविद्यालयबाट आचार्य गरेको अवसमा उनको सम्मानका लागि प्रमाण पत्रका साथै दोसल्ला ओढाएर सम्मान गरिएको छ । नयाँ जनक्रान्ति नेपाल दैनिकका पत्रकार समेत रहेका आचार्य दमाईलाई पशुपति कोटिहोममा सम्मानका साथै प्रबचन दिएपछि उनलाई गृह जिल्लामा स्थानीय सरकार सहितले सम्मान गरिरहेका छन ।

प्रतिक्रिया दिनुस