नरेश राना

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र लालझाडी गाउँपालिकाको एक सामुदायिक वनको बार्षिक साधारणसभा सम्पन्न भएको छ । लालझाडी गाउँपालिका १ नम्बर वडाको हरियाली सामुदायिक वन उपभोक्ता समुहको नवौं बार्षिक साधारणसभा सम्पन्न भएको हो ।

शनिबार एक कार्यक्तमका विच उक्त सामुदायिक वनको बार्षिक साधारण सभा सम्पन्न भएको जनाईएको छ । कार्यक्रममा वनका सचिव सचिव महेश रानाले आ.व.२०८०÷०८१ को २९ लाख ५३ हजार ९६५ रुपैयाँ बराबरको प्रतिवेदन प्रस्तुत गरेका छन ।

हरियाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रामनाथ रानाको सभापतित्व, प्रमुख अतिथि लालझाडी गाउँपालिका वडा नं. ०१ का अध्यक्ष प्यारे लाल राना रहेका थिए । प्रमुख अतिथि रानाले आफूले वडाबाट निरन्तर सहयोग गर्ने र अहिले तत्काल लागु औषधमा बालबालिका बिग्रँदै गएको बालबालिकालाई सचेत गर्न अभिभावक तथा उपभोक्तालाई अनुरोध गरेका हुन ।

विशिष्ठ अतिथि लालझाडी गाउँपालिका निवर्तमान अध्यक्ष मदन सेन बडायक, सिएफसीसी मोहना कैलाली उपा अध्यक्ष पुनाराम चौधरी रहेका थिए । वन संरक्षणमा योगदान पु¥याउने वृद्ध–वृद्धा, स्वयम् सेविकालाई दोसल्ला ओडाएर सम्मान गरेको छ ।

त्यसैगरी २०८० को एसईई परीक्षा, कक्षा १२ को परीक्षामा उत्कृट अंक ल्याई उत्तीर्ण हुने विद्यार्थी र खेलकुद क्षेत्रमा अमृता राना सहितलाई दोसल्ला र नगद सहित सम्मान गरिएको थियो । बार्षिक साधारण सभामा गाउँका भलमन्सा, पाधना, समाजसेवी, बुद्धिजीवी, वन उपभोक्ताको उपस्थिति रहेको थियो । भने समुहका कार्यालय सचिव शान्ति रानाले स्वागत मन्तव्य राखेका हुन । कार्यक्रममा जनप्रतिनिधी, सरक्षणकर्मी सहित उपभोक्ताको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस