पुष्कर भट्ट

कञ्चनपुरको उत्तरी भेग तिलाचौर गाँउमा कार्तिक पहिलो सातादेखि पाचौँ विपी स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ । समाजसेवी तथा काँग्रेस कञ्चनपुरका युवा नेता स्व. विष्णू प्रशाद मिश्रको स्मृतिमा ५ कार्तिकदेखि भीमदत्त नगरपालिका ८ तिलाचौरको त्रिभुवन माविको प्राङगणमा पाचौँ विपी स्मृति क्रिकेट प्रतियोगिता हुने भएको हो । न्यू हिमालय समाजिक सेवा समितिले प्रतियोगिता आयोजना गरेको छ । न्यू हिमालय समाजिक सेवा समितिका अध्यक्ष नारायण सिह विष्टले प्रतियोगिताको तयारी तिव्र रुपमा भईरहेको बताए । अध्यक्ष विष्टले जिल्लाभरीका ९२वटै वडाहरुमा टिम सहभागिताका लागि पत्राचार गरिएको बताए । प्रतियोगिता संयोजक खगेन्द्र धानुकले २९ असोजदेखि कार्तिक ३ गते साँझ ७ बजेसम्म टिम दर्ता हुने बताए । ४ कार्तिक दिउँसो खेल तालिका सार्वजनिक हुनेछ । टिम दर्ताका लागि भीमदत्त नगरपालिका ८तिलाचौरको राधिका हेल्थ क्लिनिक न्यू हिमालय समाजिक सेवा समितिको सचिवालयमा राखिएको छ । एबबिडब्लू बाहेक बाईसिसी र स्थानीय अवस्था अनुरुप खेल खेलाईने बताए । टिम दर्ताका लागि २० हजार तोकिएको छ । ठुलो धनराशीको प्रतियोगिताको विजेता टिमलाई नगद १ लाख, ५५ हजार ५५५रुपैया र उपविजेता टिमलाई ७७ हजार, ७सय ७७रुपैया सहित मेडलट्रफि पुरस्कार प्रदान गरिने छ । बेष्टबलर, फिल्डर,प्रिमियम, ब्याड्समेन, ईमरजिङ्ग, मोष्ट सिक्सर, म्यान अफ द सिरिज खेलाडीलाई समेत पुरस्कार प्रदान गरिनेछ । सरकारको ऐन अनुरुप करकट्टी गरेर पुरस्कार प्रदान गरिनेछ । टिम दर्ताका लागि वडाको सिफारिस सहित टिम दर्ताका बखत सम्बन्धीत खेलाडी उक्त वडामा ६ महिनादेखि बसोबास गरेको हुनुपर्ने उख्लेख गरिएको छ । कुनैपनि टिममा विवाद आए प्रोटेष्टका लागि २४घण्टा समय अवधि राखिने र ५ हजार शुल्क तोकिएको छ । खेलाडीका अनिवार्य पोषाकको व्यवस्था गरिएको छ । उक्त प्रतियोगिताबाट क्रिकेट खेलको बृद्धि विकासका साथै खेलाडी उत्पादनमा टेवा पुग्ने आयोजकको दावि छ । ०६६ सालमा निधन भएका काँग्रेस कञ्चनपुरका युवा नेता एव स्थानीय समाजसेवी समेत रहेका मिश्रको स्मृतिका ०७२ सालदेखि क्रिकेट प्रतियोगिता हुँदै आएको छ । यस विचमा कोरोना महामारीदेखि विवित कारणले हुन नसेकको प्रतियोगिता ०८१मा पुगेर पाचौँ संस्करण संचालन हुन लागेपछि खेलाडीदेखि खेलप्रेमीलाई अवसर जुटेको छ । विपी मिश्रको जेष्ठ सुपुत्र एव भीमदत्त नगरपालिका ८ का वडाध्यक्ष मदनराज मिश्रले आफ्नो पुजनिय बाबुको स्मृतिमा न्यू हिमालय समाजिक सेवा समितिले आयोजना गरेको क्रिकेट प्रतियोगितामा व्यक्तिगत, मिश्र घर परिवारदेखि वडा कार्यालय सहितका सरकारी निकायबाट प्रतियोगिता सभ्य,भव्य बनाउन भूमिका निर्वाहमा जोडदिएका छन । मंगलबार एक कार्यक्रमका विच आयोजकले पत्रकार सम्मेलन गर्दै पुरस्कार एव ट्रफि घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुस