रमेश प्रशाद भट्ट

कञ्चनपुर । उत्कृष्ट काम गर्ने कञ्चनपुरका प्रहरीलाई पुरस्कार प्रदान गरिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत एव कर्मचारीलाई नगद पुरस्कार प्रदान गरेको हो । बुधबार ६९औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा संगठनले तोके अनुरुप उत्कृष्ट काम गर्ने प्रहरीलाई नगद पुरस्कार प्रदान गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी चक्रराज जोशीले उत्कृष्ट काम गर्ने प्रहरीलाई थप कार्य क्षेत्रमा हौसला प्रदानका लागि नगद सहित सम्मान गरिएको बताए । उनका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता समेत रहेका डिएसपी उमेश जोशी, प्रहरी सहायक हवल्दार निवास लुहार, प्रहरी निरीक्षक बीर बहादुर बोहरा, प्रहरीसहायक निरीक्षक महानन्द जोशी, प्रहरी बरिष्ठ हबल्दार दिपक बहादुर विष्ट, कृष्णदेव पन्त, प्रहरी हबल्दार सुरेन्द्र दमाई, जवानद्वय प्रेम बहादुर तिरुवा, पुष्पा भट्टलाई सम्मान गरिएको छ ।

यस्तै भलिबल प्रतियोगितामा प्रथम हुने टिम प्रहरी बरिष्ठ हबल्दार कृष्णदेव पन्त, हबल्दार प्रकास सिह रावल, सहायक हबल्दार हिक्मत सिह खाती, जवान भानसिह ठगुन्ना, धिरेन्द्र सिह धामी, उदिप बस्केल, जनक साउद रहेका छन । ब्याडमिन्टन डबल्समा डिएसपी उमेश जोशी, उदिप बस्केललाई पुरस्कार प्रदान गरिएको छ ।

निबन्ध प्रतियोगितमा लिटिल बुद्धका छात्र आयुस थापालाई नगद १० हजार सहित पुरस्कार प्रदान गरिएको छ । यस्तै बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेशराज जोशी, बेदकोट ६कै स्थानीय जनकराज जोशी, भानु टेन्ट हाउसका संचालक भानदेव जोशी, सिएन साउण्डका संचालक चोलानाथ भण्डारी, पुर्व प्रहरी नायब निरीक्षक धनीराम पनेरु, सहिद परिवार कुसुम चन्द, अमर प्रहरी भोजराज पन्तलाई मरोणाप्रान्त पुरस्कार प्रदान गरिएको छ । एसपी जोशीले पुरानै दरबन्दी अनुरुप न्यूनतम स्रोत साधनका बाबजुत पनि कञ्चनपुरमा प्रहरीले शान्ति सुरक्षाका क्षेत्रमा उल्लेख्यनिय काम गरिरहेको बताए ।

कार्यक्रमका बिशिष्ट अतिथि समेत रहेका पुर्व अतिरिक्त महानिरीक्षक(एआईजी) दिपेन्द्र विष्टले प्रहरीले समाज सुरक्षाका लागि थप चनाखो हुनुपर्ने सुझाव दिए । प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले लागु औषध सहितका समाज ध्वङस पार्ने गतिबिधी निरुत्साहितका लागि प्रहरीलाई समुदायले साथ दिनुपर्ने बताए । प्रहरी निरीक्षक जमुना जोशी(भट्ट)ले संचालन गरेको कार्यक्रममा जनप्रनिनिधी, सुरक्षा निकायदेखि सर्वसाधारणको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुस