कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरको लिटिल बुद्ध एकेडेमीका एक छात्र विद्यार्थी नेपाल प्रहरीको निबन्ध प्रतियोगितामा राष्ट्रिय स्तरमै दोस्रो भएका छन । ६९औँ प्रहरी दिवसमा नेपाल प्रहरी केन्द्रीय कार्यालय काठमाण्डौँले आयोजना गरेको निबन्ध प्रतियोगितामा लिटिल बुद्ध एकेडेमीका छात्र आयुस थापा राष्ट्रिय स्तरमै दोस्रो भएका हुन ।

विद्यालय, पालिका, जिल्लाबाट छनौट भई सुप प्रदेशबाट समेत दोस्रो स्थान हासिल गरेका थापाले राष्ट्रिय स्तरमा समेत दोस्रो स्थान हासिल गरेका थिए । सातै प्रदेशबाट छनौट भएका प्रथम, द्वितिय र तृतियलाई केन्द्रमा प्रतिस्पर्धा गराएका थियो । कक्षा ११मा अध्ययनरत थापाले नगद १० हजार, प्रमाण पत्र पाएका थिए ।

बुधबार प्रहरी दिवसमा कञ्चनपुर प्रहरीले छात्रलाई प्रमाण पत्रका साथै नगद १० हजार पुरस्कार हस्तान्तरण गरेका थिए । कार्यक्रममा छात्र उपस्थित हुन नसकेपछि लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीलाई एसपी चक्रराज जोशी, जिसस कञ्चनपुर प्रहरी दुर्गा दत्त बोहराले प्रमाण पत्रका साथै पुरस्कार प्रदान गरेका थिए ।

लिटिल बुद्ध एकेडेमीका प्रिन्सिपल श्याम सिह मौनीले विद्यालयकै टपर विद्यार्थी थापा अतिरिक्त कृयाकलापमा समेत उत्कृष्ट रहेको बताए । लिटिलका विद्यार्थी नियमित एकेडेमी पढाईका साथै अतिरिक्त कृयाकलापमा समेत अब्बल रहेको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुस