कञ्चनपुर । बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि अतिक्रमित ग्रिनबेल्ट खालि गराउने गाउँपालिकाको निर्णयलाई बेलडाँडी वासीले स्वागतयोग्य निर्णय भएको भन्दै उक्त तोकेको क्षेत्रभित्रका हुकुम्वासीहरुलाई ठाउँखालि गरिदिन आग्रह गरेका छन् ।

 

संकटकालको मौका छौपेर बस्तीको बीचमा जोगाएर राखेको ग्रिनबेल्टमा केहि भूमिहिन सुकुम्वासी र केहि हुकुम्बासीहरु कानुन हातमा लिएर अतिक्रमण गरेका थिए । बेलडाँडीका अधिकांस जनताले कानुन आफ्नो हातमा नलिनुपर्ने भन्दै उक्त क्षेत्र संरक्षणमा जुटे भने केहि हुकुम्बासीहरु लोपलालचमा परेर ग्रिनबेल्ट अतिक्रमण गरे ।

 

बेलडाँडी गाउँपालिकाले बेलडाँडीको आवश्यकता अनुसार सो ७२ विघा नामक ग्रिनबेल्ट भित्र बेलडाँडीको भविश्यलाई हेर्दै विभिन्न संरचना निर्माण गर्ने कार्य भएका बेला कुलतबाट युवा तथा बालबालिकाहरुलाई जोगाउन पालिकाले खेलमैदानको आवश्यता देख्दा कार्यपालिकाको मिति ०८१ बैशाख १३ र भाद्र १७ गतेको निर्णय बमोजिम असोज ६ गते खेल मैदान निर्माणका लागि तोकेको एरिया भित्रका घर टहरा लगायका संरचनाहरु हटाउने सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दा उक्त क्षेत्र भित्रका हुकुम्बासीहरु मौलाएका छन् ।

 

बेलडाँडी गाउँपालिकाले सो क्षेत्र भित्र बस्दै आएका भूमिहिन सुकुम्वासीको व्यवस्थापन गर्ने जनाउदै आएका बेला बेलडाँडी भन्दा बाहिरबाट आएका अन्त जमिन भएका जमिनदारहरुले संरक्षण गरेर राखेको सो क्षेत्र दादागिरीशैलीमा कब्जा गरेको बेलडाँडीबासीहरुको आरोप छ । बेलडाँडीबासीका अनुसार ग्रिनबेल्टमा कसले बस्ती बसाल्यो र कस्ता परिवारलाई बसाल्यो त्यो कुनै डाटा नभएर एकाएक नियमकानुनलाई लत्याई दादागिरी शैलीमा कब्जा गरेको जमिन यथा शिघ्र खालिगरिदिन आग्रह गर्नु भयो । उनीहरुले भने चन्द्रबहादुर सिंह बेलडाँडी गाउँविकास समिति अध्यक्ष भएकाल बेला सो क्षेत्रको संरक्षण गर्दै तारजाली गर्दै १५ हजार भन्दा बढी सिसौंका विरुवाहरु रोपेर हुर्काइ सकेपछि सो क्षेत्रमा अतिक्रमण गरेको जनाउछन् ।

 

बेलडाँडी बासी भन्छन् ग्रिनबेल्टमा बस्ती बसाउने भए सबै बेलडाँडीबासीको त्यहाँ भाग हुनुपर्यो हैन भने आम बेलडाँडीबासीलाई फाइदा हुने संरचना देखि खेलमैदान निर्माण हुनुपर्नेमा जोडदिदै आएका छन् । यता उक्त क्षेत्र अतिक्रमण गरि बस्ने जमिनदारहरुले त्यहाँ बसोबास गर्दै आएका सुकुम्वासीहरुलाई उचालिरहेको भूमिहिन सत्या खडकाले बताए । खडकाले आफु लगयात आफु जस्ता भुमिपिडितको उचित व्यवस्थापन गरिदिन आग्रह गरेका छन् । खडाकाले भने आफुहरु ग्रिनबेल्टमा रहर भन्दापनि बाध्यताले बसेको बताए । हामीहरुको यो सरकारले उचित व्यवसथापन गरिदिए खुसीका साथ ठाउँ खालि गरिदिने बताउदै आएका छन् ।

 

यता बस्तीको विच भागमा संरक्षण गरेर राखेको ग्रिनबेल्ट अथवा वन अतिक्रमण गर्नेहरु नै राज्यलाई उल्टै चुनौती दिदा बेलडाँडीबासी अश्चर्यचकित बनेका छन् ।

 

बेलडाँडी गाउँपालिकाले खेलकूदको मध्यमबाट शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकास संगै कुलतको किल्ला भत्काउन पालिकाले भब्य खेलमैदानको तयारीका लागि अतिक्रमित जमिन खाली गराउने ३५ दिने सार्वजनिक सूचना जारी गरिसकेको छ ।

 

बेलडाँडीका अधिकांस युवाहरुको समस्यालाई मध्यनजर गर्दै पालिकाले भब्य खेलमैदान निर्माणका लागि यस अघि नै प्रक्रिया अघिबढाएको छ । विभिन्न कुलतबाट युवाहरुलाई जोगाउन पछिल्लो समय खेलकुद आवाश्यक रहेको भन्दै खेल क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाउनुपर्ने पालिका प्रमुख हरिशचन्द्र रानाको बुझाई रहेको छ । अहिले सम्म बेलडाँडीमा आफ्नो खेलमैदान छैन् । खेलमैदान नहुदा यहाँका खेलाडीहरु ओझेलमा परेको भन्दै पालिका गम्भिरतापूर्वक खेलमैदान निर्माणका लागि अघिबढेको जनाउदै आएको छ । समग्र खेलकुदको विकासका लागि गाउँपालिकाले वडा नं.२ को गौडी क्षेत्रको अतिक्रमित जमिन खाली गराउनका लागि ३५ दिने सूचना जारी गरेको हो ।

 

बेलडाँडी गाउँपालिकाको खेलमैदान निर्माण गर्ने निर्णयले यहाँका युवाहरु उत्साहित देखिन्छन् । युवाहरुले बेलडाँडी क्षेत्रको खेलकुद विकासका लागि अहिलेका अध्यक्ष राना सक्रिय भएको भन्दै यस्ता काममा युवाहरुका साथ रहने जनाउदै आएका छन् । युवाहरुले जुनसुकै हातलमा पालिकाको आफ्नो छुट्टै खेलमैदान हुनुपर्नेमा जोडदिएका छन् ।

प्रतिक्रिया दिनुस