नरेश राना

कैलाली । नेपाल रानाथारु समाजको समानान्तर समितिको अध्यक्षमा रबि राना चयन भएका छन् । नेपाल रानाथारु समाजको ७ औं महाधिवेशनलाई एक समुहले बहिष्कार गर्दै नेपाल रानाथारु समाजको कैलाली–कंचनपुरको केन्द्रिय समानान्तर समितीका अध्यक्ष रबि राना सहित १७ सदस्यीय कार्यसमिति गठन भएको छ ।

नियम अनुसार निर्वाचनको लागि असोज २४ गते निर्वाचन मण्डललाई नयाँ आजिवन सदस्यलाई स्वीकार नगर्ने भनेर जानकारी गराएका थियौ तर अन्तिममा ३० गते निर्वाचन हुनु भन्दा पहिले नयाँ सदस्यको नाम थप गरेका हुन । यहि कुरामा बिरोध हुदा समेत कार्तिक ३ गते निर्वाचन गराएका थिए ।

निर्वाचन हुनुभन्दा पहिले हामीले निर्वाचनलाई पत्रकार सम्मेलन गरि बहिष्कार गरी जानकारी गराएका थियौ यति हुदा पनि जबरजस्ती एकतर्फी रुपमा चुनाब गराएकाले समानान्तर समिति गठन गरिएको रबि रानाले बताएका छन् ।

प्रतिक्रिया दिनुस