बेलडाँडी । बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि ठाउँखाली गराउने अभियान थालेका बेला संरक्षण गरि राखिएको ग्रिनबेल्ट अतिक्रमणकारी नै ठुलाठुला कुरा गर्न थालेका छन् । आम बेलडाँडीबासीले संरक्षण गरेर राखेको ग्रिनबेल्टमा माओवादी युद्ध विराम पछि विस्तारबादी शैलिमा अतिक्रमण गर्नेहरु नै अहिले ठुला–ठुला कुरा गर्दै अधिकार खोजि रहेका छन् । बेलडाँडीको ७२ विघा भनि चिनिने ग्रिनबेल्टमा २९ सय भन्दा बढी सालको रुख र १५ हजार भन्दा बढी सिसमका विरुवा रहेको ग्रिनबेल्ट अतिक्रमणको सिकार बनेको छ ।

बेलडाँडी पटक–पटक उक्त क्षेत्र भित्र कुनै संरचना नबनाउन र किनबेच नर्गन आग्रह गर्दागर्दै समेत नियम कानुनलाई मिचेर केहि हुकुमबासीहरुको सहारामा अतिक्रमण भएको देखिन्छ । बेलडाँडी गाउँपालिकाले असोज ६ गते बेलडाँडी २ को गौडी क्षेत्रमा खेलमैदान बनाउने निर्णय अनुसार घरटहरा हटाउने सूचना जारी गर्दा तिनै अतिक्रमणकारी मौलाउन थालेका छन् । अधिकांस बेलडाँडीबासीले कानुन हातमा लिनुहुन्न भन्दै सो क्षेत्रको संरक्षण गरेको देखिएपछि केहि मै हुँ भन्नेहरुले दादागिरी शैलीमा अतिक्रमण गरेको देखिन्छ ।

उनै अहिले विभिन्न संर्घष समितिको नामले कहिले जिल्ला अधिकारीलाई धाउदै छन् भने कहिले त्यसै क्षेत्रका माननीयहरुलाई धाइरहेका छन् । बेलडाँडी गाउँपालिकाले खेलमैदानका लागि तोकेको क्षेत्र भित्र बस्दै आएका वास्तविक भूमिहिनहरुका सवालमा व्यवस्थापन गर्ने जनाउदै आएका बेला ठाउँठाउँमा जमिनभएका जमिनदारहरुले आनावस्यक बखेडा झिक्न थालेको श्रोतको दावी छ । श्रोतका अनुसार ग्रिनबेल्ट अतिक्रमणकारी नै अतिक्रमित क्षेत्रबाट आफुहरुलाई हटाए संर्घषमा उत्रिने चेतावनी दिइराखेका छन् ।

त्यसै क्षेत्रबाट निर्वाचित प्रदेश सदस्य दिवान सिंह बिष्टले बेलडाँडीलाई खेलमैदान आवश्यकता नभए तिनैलाई निर्णय गरि ल्याउन आग्रह गरेको श्रोतले बताएको छ भने त्यस क्षेत्रका संघिय सांसद तारालामा तामाङले यस विषयमा बझ्ने बताएको श्रोतले जनाएको छ । बेलडाँडीका अधिकांस नागरिकलाई हामीले समचार तयार गर्नका लागि बुझ्दा ग्रिनबेल्टको बारेमा यस्तो भन्छन् ः बेलडाँडी स्थापना कालदेखिनै बेलडाँडी ग्रिनबेल्टका नामले बस्तीको बीच क्षेत्रमा संरक्षित गरेर राखेको क्षेत्रलाई हामी सबैले गिनबेल्टका नामले चिन्ने गर्दछौं ।

यो क्षेत्र संरक्षण गर्नमा बेलडाँडीबासीको महत्वपूर्ण हातरहेको बताउछन् । तत्कालिन समयका गा.वि.स अध्यक्ष चन्द्र बहादुर सिंहले ग्रिनबेल्ट संरक्षणका लागि १५ हजार भन्दा बढी सिसौका बिरुवाहरु रोपिएको जनाइन्छ । त्यस पछि माओवादी दन्द्धकाल शुरुभएकाले जननिर्वाचित प्रक्रिया स्थगित भएको मौकामा उक्त संरक्षण गरि राखिएको क्षेत्र लगातार अतिक्रमणको सिकार बन्दै जान्छ । उक्त क्षेत्र अतिक्रमणबाट जोगाउनको लागि तत्कालिन समयको सर्वदलियहरुले पनि हरियो बगैंचा, बसपार्क, उद्याना लगायत निर्माण गर्ने निर्णय गरेको छ ।

त्यस पछि ०७४ को धनबहादुुर थापा नेतृत्वको एमाले सरकारले समेत उक्त क्षेत्रमा पक्की संरचना निर्माण नर्गन, उत्खलन कार्य नगर्न, र सो क्षेत्रलाई हरियो बगैंचा निर्माण गर्ने निर्णय गरे । त्यस पछि हालको स्थानीय सरकारले समेत उक्त क्षेत्रको संरक्षण गर्दै बेलडाँडीको आवश्यकता अनुसार प्रयोग गर्दै अतिक्रमित विभिन्न ठाउँ खोली गराउने कार्य थालनी गरेको देखिन्छ ।

बेलडाँडीको भविश्यलाई हेर्दै १५ सैया अस्पताल निर्माणका लागि ठाउँ खाली, शान्ति सुरक्षा कायम गर्नका लागि इलाका प्रहरी कार्यालय व्यवस्थापन, रेडक्रस, विद्युत सव स्टेशन, कृषि प्रवद्र्धनका लागि कोल्ड स्टोर, दुग्ध चिस्यान केन्द्र लगायत विभिन्न बेलडाँडीका आवश्यकता पुरा गर्ने क्रममा पालिका भरी बेलडाँडी गाउँपालिकाको आफ्रनै रंगशाला नभएको अवस्थामा खेलाडी उत्पादनका साथै लागुऔषधबाट बचाउन अति आवश्यक रुपमा खेलकुदको विकास गर्नुपर्ने देखिएकाले यस सरकारले समेत ग्रिनबेल्ट भित्र खेलमैदान बनाउने जम्रको गरेको देखिन्छ ।

यस गाउँपालिकाले खेलकुदका लागि उपयुक्त गाउँपालिकाकै विच भाग वडा नं.२ को गौडी क्षेत्रमा खेलमैदान बनाउने निधो गरेपछि उक्त तोकेको क्षेत्र भित्र अतिक्रमण गरी बसेकाहरुलाई घरटहरा हटाउन ३५ दिने सूचना जारी गरेको देखिन्छ । उक्त क्षेत्र भित्र अतिक्रमण गरि बस्ने सुकुम्वासी भन्दा पनि हुकुमवासीहरु बढी सल्बलाएको बेलडाँडीका जानकारहरु बताउदै आएका छन् ।

बेलडाँडी स्थानीय सरकारले तोकेको क्षेत्र भित्र बसोबास गरिराखेका वास्तविक सुकुम्वासीको पहिचान गरि उनीहरुको व्यवस्पान गर्ने जनाउदै आएको छ । तर पालिकाले गरेको स्वागतयोग्य निर्णयलाई असफल बनाउन केहि शक्ति जनताको पक्षमा भन्दै हुकुमवासीको संरक्षणमा लागेको देखिन्छ ।

राज्यको नितिनियमलाई नमान्दै अराजक तरिकाले अतिक्रमण गरेको उक्त क्षेत्रमा बेलडाँडीका खेलाडी भाईबहिनीहरुको भविश्यलाई हेर्दै बेलडाँडी स्थानीय सरकारले यो निर्णय गरेको बताउदै आएको छ । यदि बेलडाँडी बासीको हित विपरित कसैले आफ्नो व्यक्तिगत स्वार्थका निम्ति संरक्षण गरेर राखेको जग्गामा दादागिरी जस्ता अराजक गतिविधि गरे उक्त क्षेत्र भित्र रहेका २९ सय सालका रुख र साढे १३ हजार सिसौंकारुखहरु नोक्सान गरेको विषयमा समेत पालिका बोल्न र खोजी गर्ने विषयमा बाध्यहुने प्रतिक्रिया प्राप्त भएको श्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुस